• १७ असार २०८१, सोमबार

दमकमा बजार अनुगमन

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस २४ गते । झापाको दमकमा अखाद्य माछा फेला परेको छ । माछामासु वधशालाका माछा पसलहरुमा नगरपालिकाले आकस्मिक अनुगमन गर्दा पाँच सय केजीभन्दा बढी अखाद्य माछा फेला परेको हो ।

दमक नगरपलिका उपप्रमु एवम् बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईका अनुसार मरेर सढेका माछाहरु समेत यहाँ बिक्री हुने गरेको सूचना पाएर अनुगमन गरिएकाे हो। मानव स्वास्थ्यलाई हानिकारक पदार्थ अर्थात् फर्मालिन प्रयोग गरेका माछाहरु भेटिएकोले बरामद गरेर नष्ट गरिएको उहाँले बताउनुभयो ।

इलाका प्रशासन कार्यालय दमक, ईलाका प्रहरी कार्यालय दमक उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरु सहितको उपस्थितिमा भएको अनुमगनपछि अन्तिम पटकले सुध्रिन मौका दिइएको र मरेका तथा प्रतिबन्धित माछा नियन्त्रणमा लिएर पुर्ण रुपमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिबन्धित मुग्री माछा पनि बजारबाट जफत गरिएको छ । यसअघि नगरपालिकाले पटकपटक सूचना जारी गरेको र अनुगमन गरेको भए पनि केही व्यापारीहरुले अटेरी गरेर भारतीय माछा ल्याइरहेको प्रति गम्भीर रुपमा नगरपालिकाको ध्यानाकर्षण भएको र अब मुद्दासमेत चलाइने भट्टराईले जनाउनुभएको छ ।

झापामा दमक नगरपालिका सहित बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिकाले भारतीय माछा ल्याएर पालिकाभित्र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेका छन् । नेपालको नै भन्दै बिक्री गर्ने गरेकाहरुलाई बिलबीजक माग गर्ने गरेको पनि अनुगमनमा संलग्नहरुले बताएका छन् ।