समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो ।
धरानका व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रको विकास गरी औद्योगिक ग्राम निर्माण गर्न सरकारसँग माग गरेका छन् । धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभामा नौ बुँदे धारणा सार्वजनिक गर्दै व्यवसायीहरुले धरान औद्योगिक क्षेत्रलाई जग्गा उपलब्ध गराउन र औद्योगिक ग्राम निर्माणको माग गरेका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
दक्षिण एसियाको व्यापारसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एसिया कन्फ्रेन्स २०२४’ सोमबार सम्पन्न भएको हो । छलफलको दोस्रो दिन ‘अन्तर्राष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यास ः उदयीमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो ।
पाल्पाका किसानले डेढ दशकअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र स्थापनाको माग गरेको भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । किसानहरूको माग अनुसार सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण नहुँदा किसानले सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण मातहतको कम्पनी मोदी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ । ४२ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैङ्क र जलविद्युत् लगानी तथा विकास कम्पनीबिच सोमबार वित्त व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।
सरकारले दिएको अनुदान दुरुपयोग गरेर अघिल्लो वर्ष इँटा बनाएको खेतमा यो वर्ष आलु नै रोपिएको छ । आलु सुपर जोनका लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जग्गालाई इँटा बनाउन दिएपछि अघिल्लो वर्ष गोरखापत्रले प्राथमिकतासाथ समाचार प्रकाशित गरेपछि चौतर्फी आलोचना भएको थियो ।
पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ । काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन् ।
गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम गर्दै मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्म भएको कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
जाडो छल्न विभिन्न देशका चरा यतिबेला पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौँ शताब्दीको जनवादलाई फरक ढङ्गले लागू गरिरहेको बताउनुभएको छ ।