नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।
ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ब्याडमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरू रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
रक्त नसा (भास्कुलर) सम्बन्धी सम्मेलन २०२४ हुने भएको छ । आगामी जनवरी १७ देखि १९ गतेसम्म तीन दिन हुन लागेको सम्मेलनको हिमालयन इन्टरनेश्नल भास्कुलर सम्मेलन २०२४ नाम दिइएको छ ।
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको छ । आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ संरक्षित क्षेत्रको तयारीमा रहेको बताउनुभएको छ । उहाँले चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले अध्ययन टोली बनाएर काम थालिसकेको जानकारी दिनुभएको हो ।
प्रहरीले ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनुभएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनुभएको हो ।
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ तथा हानी एवम् सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्छ ।
धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ ।
उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसङ्घले विभिन्न पाँचवटा ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।