सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।
पूर्वी नवलपरासीमा यस वर्ष सुन्तलाको बिक्रीबाट राम्रो आम्दानी भएको छ । नवलपुरमा सुन्तला खेती गर्ने किसानले यस वर्ष आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला बिक्री गरेकोे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी रणबहादुर महतोले बताउनु भयो ।
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मा लगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।
राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारि दर्ता गराएको हो ।
आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर सडक कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा ढेक्का खुलाएर विभिन्न पूर्वाधार निर्माण गरेर सडक कालोपत्रे गरेको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर–४, रानीबासमा प्रहरी चौकी स्थापना भएको छ । यहाँ रहेको बलेचौर प्राथमिक विद्यालय भवनमा प्रहरी चौकी रुरु स्थापना भएको हो ।
भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ ।
मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका उहाँको आइतबार काठमाडौँमा निधन भएको हो ।
मकवानपुर बागमती गाउँपालिका ४ स्थित बागमती नदीमा एक जना मृत फेला परेका छन् । बागमती गाउँपालिका ४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ बागमती नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो ।