• १७ असार २०८१, सोमबार

माछा मार्न गएका थिङ मृत फेला

blog

बागमती नदीमा भेटिएको थिङको शव । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, पुस २३ गते । मकवानपुर बागमती गाउँपालिका ४ स्थित बागमती नदीमा एक जना मृत फेला परेका छन् । बागमती गाउँपालिका ४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ बागमती नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बागमती खोलामा माछा मार्न जान्छु भनेर आइतबार दिउँसो घरबाट निस्केका उहाँ अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरूले खोजतलास गर्दै जाने  क्रममा सोमबार बिहान २ः१५  बजे बागमती नदीमा मृत अवस्थामा फेला परेको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।