अर्जुन काफ्ले
स्याङ्जा, पुस २३ गते । आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर सडक कालोपत्रे गरिएको छ ।
पालिकाले आफ्नै बजेटमा ढेक्का खुलाएर विभिन्न पूर्वाधार निर्माण गरेर सडक कालोपत्रे गरेको हो । यहाँको वडा २ को जरेखोला–भण्डार थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र वडा नम्बर ५ को गावटे नाम्चे डाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।
जरेखोला सडक अशुंवर्मा/स्वर्णिम जेभी पोखराले दुई करोड २६ लाख ९६ हजार २२ रुपियाँ २८ पैसामा निर्माण भएको हो ।
इन्जिनियर प्रकाश पौडेलले निर्माण कम्पनीले २०७९ साउन १८ गते सम्झौता गरेको थियो ।
यस्तै गावटे नाम्चे डाडाँ सडक क्रियटिभ इन्जिनियरिङ कन्ट्रक्सन प्रालि पुतलीबजार ५ ले कालोपत्रे गरेको हो । क्रियटिभले एक करोड २५ लाख ६७ हजार ८८३ रुपियाँमा पालिकासँग २०७९ साउन १८ गते सम्झौता गरेर काम सकेको हो ।
दुबै सडक प्रिमिक्स कालोपत्रे गरिनुका साथै पक्की नाला, सडकको चौडाइ, कल्भट, कजवे, सडकको दायाँ बायाँ पेन्ट लगायतका काम गरिएको हो ।
पालिका अध्यक्ष विश्व पौडेलले जरेखोला सडकले बेताहानी, बसेवारी, मडुवा, कचुरानी, रातमाटाका तीन हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो ।
यस्तै गावटे नाम्चे डाडाँले वडा नं ५ का रंगुवा, बास्कोटका साढे दुई हजारभन्दा बढी बासिन्दा लाभाविन्त हुने पौडेलले बताउनुभयो ।
पालिकाले सडक कालोपत्रे गरेसँगै स्थानीय खुसी भएका छन् भने ओहोरदोहोर र सामान ओसारपसारमा सहज भएको छ ।