समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्ल्याटफर्म ‘भिडियो पसल’ एपमा प्रदर्शन भएको छ । चलचित्र अहिलेका लागि नेपालबाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । चलचित्र कोरोनाको समयमा प्रदर्शन भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शकमाझ नपुगेको हुनाले चलचित्रको माग उच्च रहेको भिडियो पसलका सहसंस्थापक नेहा कार्की बताउनुहुन्छ । अङ्ग्रेजी वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपालीलाई लक्ष्य गरी चलचित्र रिलिज गरिएको हो ।
रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।
हाम्रो समाजले महिला र पुरुषबिचको सम्बन्धलाई कसरी लिन्छ ? यसले विपरीत लिङ्गीहरूको सम्बन्धलाई कस्तो असर पार्छ र यहीभित्र परिवार र समाजले हेर्ने दृष्टिकोणले कस्तो उतारचढाव ल्याउँछ ? यी सबै कुराको मिश्रित सम्मिश्रण हो, नाटक ‘पगला घोडा’ । नाटक मनोवैज्ञानिक कथा श्रेणीमा बुनिएको छ । यसभित्र पितृसत्तात्मक समाजमा महिलाको अधीनतालाई विशेष रूपले चित्रण गरिएको छ । एक युवतीको अन्त्येष्टिमा मसानघाटमा उपस्थित भएका विभिन्न क्षेत्रका चार पुरुषले गरेका वाचाको वरिपरि नाटक घुमेको छ ।
नेपालमा पहिलो पटक नृत्य निर्देशकहरूको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड (२०८०)’ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरियो । कार्यक्रममा २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो भने राई जातिको लोकनृत्यमा निर्देशक नवीना केसी उत्कृष्ट हुनुभयो ।
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो ।
दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।
नेपाल र भारत सरकारबिच हालै भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न माग गर्दै सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र पेस भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । जसमध्ये उम्मेदवारको सूचि निम्नानुसार रहेको छ
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको छलफलबाट ११ बुँदे सहमति भएको हो ।
नुवाकोटको ककनीमा व्यावसायिक रुपमा गरिएको स्ट्रबेरी खेती।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शान्ति, सुरक्षा कायम गर्न तीन तहका सरकारबिच समन्वय जरुरी भएको बताउनुभएको छ।