सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो ।
रुख जतिजति बूढो हुँदै गयो उतिउति यसको बोक्राभित्रको गिँड मोटो हुँदै जान्छ । त्यसैगरी गर्मी ठाउँको रुखभन्दा जाडो ठाउँको रुख कडा हुन्छ । यसले गर्दा रुखको भित्र रिङ अर्थात् चक्र जस्तो संरचना बन्दछ । यी रिङ खैरो या घिउ रङका हुन्छन् । यसको बीचको भागलाई पीठ भनिन्छ । गिँडमा रहेको रिङ गनेर रुखको वास्तविक उमेर पत्ता लगाइन्छ ।
जिल्लाको महालक्ष्मी नगरपालिका – २ का अध्यक्ष पदम राखल मगरले आफूले पाएको सेवा सुविधाबाट ऐश्वर्य आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको छ ।
झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक
सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशङ्कर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम तय गर्ने पार्टी सचिवालयले जनाएको छ ।
चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिँदै आएको तटबन्धन कार्य बजेट अभावमा सात महिनादेखि बन्द भएको छ । बजेट नआएपछि निर्माणको काम प्रभावित भएको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शेखर न्यौपानेले जानकारी दिनुभयो । स्रोत सुनिश्चित भएको तर निर्माण कार्यका लागि बजेट निकासा नभएका कारण रोकिएको छ, सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “काम गरेका ठेकेदार कम्पनीले भुक्तानी पाएका छैनन्, हामीले यस विषयमा धेरै पहल गरेका छौँ तर बजेट निकासा भएन ।” बजेट नभएपछि ठेकेदारले काम नगरेको उहाँले बताउनुभयो ।
राजमार्ग छेउका होटेल, रेस्टुरेन्टले अझै अस्वस्थकर खाना खुवाउँदै आएको पाइएको छ । यी होटेल तथा रेष्टुरेन्टहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएपछि प्रशासनले नियमित जस्तै अनुगमन गर्न सुरु गरेपछि केही सुधार आएको पाइएको छ ।
मूत्रप्रणालीको सङ्क्रमण प्रायः महिलालाई अधिक हुन्छ । यसका अनेक कारण हुन सक्छन् । यस्तैमा अमेरिकाको वेक फरेस्ट बापटिस्ट मेडिकल सेन्टरले गुप्ताङ्ग वरिपरि धेरै चिलाउने तथा रातो दाग उत्पन्न भएमा महिलालाई मूत्र प्रणालीको सङ्क्रमण हुने जोखिम बढ्ने जनाएको छ । थेराप्युटिक एड्भान्स इन युरोलोजी अनलाइनमा यस अनुसन्धानको विवरण प्रकाशित गरिएको थियो ।
नाबालिग छोरीलाई यातना दिने बाबुलाई मकवानपुर प्रहरीले शनिवार पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एक डाँडा–३ का २७ वर्षीय रामजी मण्डललाई आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् ।
सरकारले निःशुल्क औषधी किन्न बैतडीका १० वटा स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँका दरले दुई करोड रुपियाँ पठाए पनि गाउँमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी भने जिल्ला अस्पतालमा धाइरहेका छन् । बैतडी अपस्तालमा विशेषज्ञ डाक्टर भए पनि औषधी किन्ने बजेट नहुँदा बिरामीलाई तोकिएका निःशुल्क औषधी पाउन सकेका छैनन् । वार्षिक ३७ हजार बिरामीको उपचार, १४ हजारभन्दा बढीको ल्याब परीक्षण र चार सयभन्दा बढी जटिल खालका प्रसूति सेवा दिँदै आइरहेको बैतडी अस्पताललाई सरकारले औषधी किन्न वार्षिक १० लाख रुपियाँ मात्रै बजेट दिने गरेको छ ।
एकीकृत बस्ती विकास कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोबास गराउने योजनासहित चार वर्षअघि एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको थियो । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा अघि सारेको योजना कार्यान्वयनका लागि सरकारबाट हरेक वर्ष करोडौँ बजेट विनियोजन हुन्छ तर जोखिमयुक्त बस्तीको व्यवस्थापन निकै न्यून सङ्ख्यामा गरिएको पाइएको छ ।
अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।”
निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताउनुभयो । शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिनुभयो ।