• ११ मंसिर २०८१, मङ्गलबार

अध्यक्ष मगरद्वारा भत्ता रकमबाट विद्यार्थीलाई पोसाक वितरण

blog

वितरण गरिएको पोसाक लगाएका विद्यार्थी । तस्बिर: कोकिला

कोकिला भण्डारी 

धनकुटा, पुस २२ गते । जिल्लाको महालक्ष्मी नगरपालिका – २ का वडाध्यक्ष पदम राखल मगरले आफूले पाएको सेवा सुविधाबाट ऐश्वर्य आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको छ ।

जाडो मौसम आएसँगै विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता र विद्यार्थीलाई पढाइप्रति आकर्षण गराउने उद्देश्यले वडाध्यक्ष मगरले महालक्ष्मी नगरपालिका –२ मा सञ्चालित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट र टाइ वितरण गर्नुभएको हो  ।

उहाँले आफूलाई सरकारले दिएको सेवा–सुविधा बापतको रकमले ट्रयाकसुट खरिद गरी  जनताका छोराछोरीलाई पढाइमा सहयोग गरेको बताउनुभयो । 

आफूलाई चुनावमा जनताले भोट दिएर जिताएको हुँदा आफू जनताको सेवक भएकाले जाडोकै कारणले कुनै पनि विद्यार्थीले पढाइ छोड्न नपरोस् भन्ने उद्देश्यका साथ आफ्नो सेवा सुविधा जनताका छोराछोरीलाई न्यानो कपडा निःशुल्क वितरण गरेको उहाँको भनाइ छ ।