• २२ असार २०८१, शनिबार

सञ्चार सचिवमा रामकृष्ण सुवेदी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी आउनुभएको छ । उहाँले बुधबार पदबहाली गर्नुभएको छ । सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सुवेदी बहाल रहेको राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा सुरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राउतलाई बुधबार नै बिदाइ गरिएको छ ।

शिक्षा सेवाबाट प्रशासनिक सेवामा प्रवेश गर्नुभएका सुवेदी प्रशासनतर्फ सहसचिव हुँदै सचिव हुनुभएको थियो । उहाँले गृह मन्त्रालयको प्रवक्ता हुँदै विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्नुभयो । सहसचिवबाट सचिव भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव, उपराष्ट्रपति कार्यालय सचिव, मधेश प्रदेशका प्रमुख सचिव हुँदै राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको सचिव हुनुभएको थियो । 

पदबहाली कार्यव्रmम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्र नयाँ भए पनि कानुन पुरानै भएकाले काम गर्न समस्या भएको बताउनुभयो । “संसारसँग प्रतिस्पर्धा गरेर अघि बढ्ने सञ्चार क्षेत्र हो । यो एक वर्षको अनुभवबाट जे देखियो, त्यस हिसाबले सञ्चार मन्त्रालय महìवपूर्ण हो भन्ने पुष्टि भयो,” मन्त्री शर्माले भन्नुभयो, “मन्त्रालय नयाँ युगको प्रतिनिधित्व गर्ने भए पनि कानुन निकै पुराना भएकाले संशोधन गर्नुपर्ने छ । कतिपय कानुन परिमार्जनका नतिजा आइसकेका छन्, केही आउने व्रmममा छन् ।” 

सचिव सुवेदीले सञ्चार मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएको महìवपूर्ण मन्त्रालय भएकाले विशिष्ट खालको भूमिका हुने बताउनुभयो । उहाँले दुनियाँलाई नेपाल चिनाउने महìवपूर्ण माध्यमका रूपमा सञ्चार मन्त्रालय भएकाले संवेदनशील भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।