• ६ जेठ २०८१, आइतबार

दुई गोरखापत्रकर्मी सम्मानित

blog

सम्मानित पत्रकार तथा अन्य सहभागी ।

अर्जुन काफ्ले 

स्याङ्जा, पुस २५ गते । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाले रजत जयन्तीमा दुई गोरखापत्रकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । 

पुतलीबजार नगरपालिका ३ बाडखोलामा केन्द्रीय कार्यालय रहेको सूर्योदयले बुधबार गोरखापत्रको स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, वालिङ समाचारदाता राधाकृष्ण डुम्रे र रेडियो स्याङ्जा तथा टेलिभिजनका प्रमुख व्यवस्थापक एक बहादुर गोदार रमेशलाई सम्मान गरेको हो । 

तीनैजनालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद दुई हजारले प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सम्मान गर्नुभएको हो । 

सहकारीका प्रबन्धक ध्रुवनारायण श्रेष्ठले रजत जयन्तीमा पत्रकारसहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, ज्येष्ठ सदस्य, प्रविधिमार्फत उत्कृष्ट कारोबार गर्ने सदस्य २५÷२५ जना, प्रारम्भिक तदर्थ समिति सदस्य आठजना, १० वर्ष माथि कार्यरत कर्मचारी छ जनालाई सम्मान गरेको बताउनुभयो । 

बचत प्रमुख मोती प्रसाद मरासिनीले पाँच, १०, १५, २० र २५ वर्षे दीर्घकालीन बचत योजना घोषणा तथा योगदानमा आधारित सदस्य सुरक्षा राहत घोषणा गरिएको बताउनुभयो । 

सूर्योदयका पाँच शाखा, एक उपशाखा तथा १० हजार ९४० शेयर सदस्य तथा एक हजार ८८१ ऋणी छन् ।  

सहकारीको सात करोड ६६ लाख पाँच हजार पाँच सय रुपियाँ शेयर पुँजी रहेको छ भने कुल पुँजी ७३ करोड २३ लाख दुई हजार ८९० रुपियाँ १२ पैसा रहेको छ ।