• ११ मंसिर २०८१, मङ्गलबार

लोकतन्त्रमा नागरिक शक्ति

blog

लोकतान्त्रिक प्रणालीले राजनीतिक सहभागिताको सिद्धान्तलाई समर्थन गर्छ । नीति निर्माण गर्न, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन नागरिक संलग्नताको महत्वलाई मान्यता दिन्छ । नागरिकलाई सार्वजनिक मामिलामा सक्रिय रूपमा सहभागी हुन, प्रतिनिधि छनोट गर्ने आफ्नो अधिकार प्रयोग गर्न र सामूहिक कार्यको शक्ति प्रयोग गर्न प्रोत्साहित गर्छ । यस कार्यमा नागरिक समाज, पत्रकार र बुद्धिजीवीले व्यापक बहस र अन्वेषण गर्नु पर्छ ।

नीति निर्माण गर्न नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् किनकि उनीहरू आफ्ना प्रतिनिधिले गरेका निर्णयबाट प्रत्यक्ष प्रभावित हुन्छन् । सार्वजनिक मामिलामा आफ्नो संलग्नताको माध्यमबाट नागरिकले आफ्ना सरोकार व्यक्त गर्न, प्रतिक्रिया दिन र नीति निर्माणमा योगदान दिन सक्छन् । सार्वजनिक परामर्श र बैठकमा भाग लिएर, निर्वाचित अधिकारीसँग संलग्न भएर नागरिकले आफ्नो आवाज सुनाउन र नीति तथा विकासको दिशा निर्देश गर्न सक्छन् । नागरिकको सक्रिय संलग्नताले उनीहरूको आवश्यकता र आकाङ्क्षा पनि प्रतिविम्बित हुन्छ । 

सामूहिक ऊर्जा र दृढ सङ्कल्पका कारण नागरिकले सामाजिक परिवर्तनलाई प्रभाव पार्न सक्छन् । भुइँतहका आन्दोलन सङ्गठित गरेर, मुद्दाहरूको वकालत गरेर, चेतना जगाएर नागरिकले सामाजिक रूपान्तरण गर्न सक्छन् । प्रदर्शन, विरोध र अभियानले न्याय, समानता र मौलिक अधिकारको संरक्षण गर्छ । अरूलाई परिचालन गरेर नागरिकले महत्वपूर्ण परिवर्तन ल्याउन सक्छन् । दमनकारी प्रणालीलाई चुनौती दिन सक्छन् र स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा पनि प्रगतिशील कार्यलाई बढावा दिन सक्छन् ।

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक अधिकारी नागरिकप्रति जवाफदेही हुनु पर्छ । त्यसैले निर्वाचित प्रतिनिधिलाई उनीहरूको कार्य र निर्णयका लागि जवाफदेही बनाउन सक्छन् । आफ्ना प्रतिनिधिलाई प्रश्न गर्ने, पारदर्शिताको माग गर्ने र नैतिक आचरणको अपेक्षा गर्ने अधिकार छ । राजनीतिक सहभागितामा सक्रिय संलग्न भएर नागरिकले अधिकारीहरूलाई उनीहरूको आवश्यकता र सरोकारप्रति उत्तरदायी रहन सुनिश्चित गर्छन् । यसबाहेक नागरिकसँग निर्वाचनमा मतदान र सार्वजनिक छलफलमा सक्रिय रूपमा भाग लिएर जवाफदेही पनि बनाउँछन् । यो जवाफदेहिताले सार्वजनिक अधिकारीलाई उत्तरदायित्व बहन गर्न कटिबद्ध बनाउँछ । 

सामूहिक कार्यले लोकतान्त्रिक प्रणालीमा नागरिकको आवाज र प्रभावलाई बढाउँछ । जब नागरिक साझा उद्देश्यको वरिपरि एकजुट हुन्छन्, तिनीहरूको सामूहिक शक्ति परिवर्तनका लागि बल बन्छ । स्वार्थ समूहहरूमा सङ्गठित गरेर, गठबन्धन गरेर र गैरसरकारी संस्थाहरूमा सामेल भएर नागरिक आफ्नो लक्ष्यमा पुग्न सक्छन् । सामूहिक प्रयासले नागरिकलाई नीति सुधारको वकालत गर्न र सामाजिक परिवर्तनको माग गर्न एक शक्तिशाली मञ्च सिर्जना गर्छ । सामूहिक कार्यको माध्यमबाट नागरिकले अन्यायपूर्ण प्रणालीलाई चुनौती दिन, सामाजिक असमानतालाई सम्बोधन गर्न र साझा हितलाई बढावा दिन सक्छन् ।

नागरिकलाई मतदान गर्ने अधिकार लोकतन्त्रको आधारशिला हो । मतदानमार्फत नागरिकले आफ्नो प्रतिनिधि छान्ने काम गर्छन् । आफ्नो मत दिएर नागरिकले आफ्नो प्राथमिकता व्यक्त गर्छन् । आफ्नो राष्ट्रको नीति र दिशालाई आकार दिन्छन् । मतदानद्वारा निर्वाचित अधिकारीबाट जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्दै नागरिकको हातमा शक्ति रहेको सुनिश्चित गर्छ ।

नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । लोकतान्त्रिक प्रणालीमा नागरिकलाई वाक् स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुन्छ । यसले उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, नीतिहरूको आलोचना गर्न र सरकारबाट पारदर्शिता र जवाफदेहिताको माग गर्न सक्षम बनाउँछ । सार्वजनिक बहसहरूमा सक्रिय रूपमा भाग लिएर नागरिकले राजनीतिक संवादको वातावरणलाई बढावा दिन्छन् । सार्वजनिक राय र नीतिगत निर्णयलाई आकार दिन योगदान गर्छन् । 

लोकतान्त्रिक प्रणालीमा नागरिकको सहभागिताको अर्को आवश्यक पक्ष भनेको नागरिक समाजमा संलग्नता हो । गैरसरकारी संस्था, सामुदायिक समूहहरू र वकालत गर्ने संस्था आदिले सामाजिक, आर्थिक र वातावरणीय मुद्दालाई उठाउँछन् । राजनीतिक मामिलामा सचेत र शिक्षित बनाउने काम पनि गर्छन् । सचेत मतदाताले लोकतन्त्र फस्टाउँछ । घटनासँग अद्यावधिक हुन, नीतिगत मुद्दा बुझ्न र आलोचनात्मक चेत बढाउनमा नागरिकको भूमिका हुन्छ । मतदानभन्दा बाहिरको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा लोकतन्त्र फस्टाउँछ । राजनीतिक दलमा सहभागी हुने, राजनीतिक चेत बढाउन काम गर्ने, सामुदायिक कार्यमा समावेश हुने । राजनीतिक प्रक्रियामा सहभागी हुँदा नागरिकको मुद्दा र चासो राम्रोसँग प्रतिनिधित्व पनि हुन्छ । 

राष्ट्रको भविष्यलाई आकार दिन, निर्वाचित पदाधिकारीलाई जवाफदेही बनाउन, नागरिक समाजमा संलग्न हुन, सूचित रहन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा भाग लिन नागरिकले कहिल्यै पछि पर्नु हुँदैन । लोकतन्त्र तब फल्छ; जब नागरिकले आफ्नो अधिकार र जिम्मेवारी प्रयोग गर्छन्, सरकार जवाफदेही तथा पारदर्शी हुन्छ । नागरिकको प्रतिनिधिले साँचो अर्थमा प्रतिनिधि बन्छन् । यसरी नै लोकतान्त्रिक प्रणाली वास्तवमै फस्टाउँछ र समाजका आवश्यकता पूरा हुन्छन् । 

लोकतान्त्रिक प्रणालीले नागरिकको संलग्नतालाई महत्व दिएको भए पनि सक्रिय सहभागितामा बाधा पु¥याउने चुनौती भने नभएका होइनन् । यी चुनौतीमा मतदानमा बाधा, सूचनामा सीमित पहुँच र नागरिकबिचको स्रोतसाधनमा असमानता आदि हुन् । नीति बनाउन, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन नागरिकलाई साँच्चै सशक्त बनाउन यी अवरोधलाई सम्बोधन गर्नु पर्छ । समावेशी निर्वाचन प्रक्रियालाई प्रवर्धन गर्न, सूचनामा समतामूलक पहुँच सुनिश्चित गर्न र नागरिक संलग्नतामा बाधा पु¥याउने सामाजिक, आर्थिक असमानताको सम्बोधन गर्ने प्रयास पनि गरिनु पर्छ । यी चुनौतीलाई पार गरेर लोकतान्त्रिक प्रणालीले आफ्नो जग बलियो बनाउन र सबै नागरिकको आवाजलाई सुन्न र सम्मान गर्ने काम सुनिश्चित हुन्छ । 

लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिका विशेष हुन्छ, जसको माध्यमबाट उनीहरूले नीति बनाउन, सामाजिक परिवर्तनलाई प्रभाव पार्न र सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउन सक्छन् । सार्वजनिक मामिलामा सक्रिय रूपमा भाग लिएर, नागरिकले उनीहरूको आवश्यकता र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने समावेशी नीति निर्माणमा योगदान दिन सक्छन् । सामूहिक कार्यको माध्यमबाट नागरिकले सामाजिक परिवर्तनलाई अगाडि बढाउन, दमनकारी प्रणालीलाई चुनौती दिन तथा न्याय र समानताको वकालत गर्न सक्छन् । नागरिक संलग्नताले पारदर्शी र जिम्मेवार शासन सुनिश्चित गर्दै निर्वाचित अधिकारीलाई जवाफदेही बनाउँछ । राज्य सञ्चालन प्रक्रियामा नागरिकको संलग्नतामा बाधा पु¥याउने तत्वलाई सम्बोधन गर्न तथा समावेशी र समतामूलक प्रक्रियालाई अगाडि बढाउन आवश्यक छ ।

Author

गणेशदत्त जोशी