• २६ वैशाख २०८१, बुधबार

गाउँमै बाली उपचार शिविर

blog

नारद कोहार

तौलिहवा, पुस २४ गते । कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा कपिलवस्त–९, केवलपुरमा एकदिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएका विभिन्न किसिमका तरकारी बाली फल झर्ने, बोटका मुन्टा सुक्नेलगायतका समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो । 

शिविरमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षण अधिकृत सत्यराम हरिजनले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदालगायत कृषिसँग सम्बन्धित विविध जानकारी कृषकलाई गराइएको बताउनुभयो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सहसराम चौधरीका अनुसार कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा जैविक, घरेलु र रासायनिक विषादीसमेत वितरण गरिएको थियो । शिविरबाट ६० भन्दा बढी कृषक लाभान्वित भएका छन् ।