• १४ असार २०८१, शुक्रबार

रविलाई बुद्धिचाल उपाधि

blog

बुद्धिचाल उपाधि विजेता खेलाडी ।

काठमाडौँ, पुस २१ गते । माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मध्यपुर ठिमीमा भएको मध्यपुर नगरपालिका अन्तर साकोस माछापुच्छ्रे कप बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर साकोसका रवि श्रेष्ठले जित्नुभएको छ ।

उहाँले सातौँ चरणको खेलमा ओस्ला साकोसका हरिचन्द्र होनासँग बराबरी खेल्दै ६ अङ्क जोड्नुभयो । उपाधिसँगै उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । स्वीस लिग प्रणाली अनुसार दुई दिने प्रतियोगितामा ६ अङ्क नै जोड्नुभएका दर्पण साकोसका हेम भण्डारी दोस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

हरिचन्द्र होना तेस्रो हुनुभयो । उहाँले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । माछापुच्छ्रे साकोसका सुन्दर श्रेष्ठ चौथो र किसान  साकोसका जेन श्रेष्ठ पाँचौँ स्थानमा रहनुभयो । शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार पू्रदान गरिएको थियो । विजेता खेलाडीलाई भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बद्रीकेदार दुवालले पुरस्कृत गर्नुभयो ।