• १४ असार २०८१, शुक्रबार

सरकारले मृतकका परिवारलाई १० लाख राहत उपलब्ध गराउने

गृह मन्त्रालयद्वारा बरहथवा घटना छानबिन गर्न समिति गठन

blog

फाइल तस्बिर

काठमाडौं, पुस २१ गते । गृह मन्त्रालयले सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन भएको हो ।  मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । 

समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहनुभएको छ ।  

सरकारले मृतकका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेकोसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।



सर्लाहीमा यही पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो । 

यो पनि पढ्नुहोस

बरहथवा घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

बरहथवा घटना: मृतक युवकको शव अझै घटनास्थलमा

सर्लाहीको बरहथवामा कर्फ्यु

बरहथवामा गोली चल्यो, एकको मृत्यु