• २९ वैशाख २०८१, शनिबार

गाजामा मृत्यु हुनेको सङ्ख्या २२ हजार ७२२ पुग्यो

blog

शवहरु अगाडि बसेका प्यालेस्टाइनी । तस्बिर : अल जजीरा

गाजा, पुस २१ गते । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ ।     

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन् । 

गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ ।     यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन् ।     

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शङ्कास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताउनु भएको छ ।     

रासस, सिन्ह्वा