• १४ असार २०८१, शुक्रबार

बिस वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छ: अध्यक्ष मल्ल

blog

गोरखा, पुस २१ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताउनुभएको छ । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताउनुभयो । उहाँले १६ औँ पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ । कुनै कुनै त हामी जन्मिएको सालदेखिका पनि छन् । यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ । हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औँ पञ्चवर्षीय आउँदै छ । त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस् । सरकारी सेवा आम जनता प्रधान गरेर टाइम बाउण्ड एक्सन प्लान गरेर सरकारले सेवा प्रदान गर्नुपर्छ । छक्काउने काम गर्नुभएन ।’

अध्यक्ष मल्लले सरकारी सेवा आम जनता प्रधान बनाउन पनि आग्रह गर्नुभयो ।