• १२ असोज २०८१, शनिबार

सहकारीको लगानी कृषि पर्यटनमा केन्द्रित गर्न सुझाव

blog

बिन्दु थापा 

पाल्पा, पुस २१ गते । लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका सहकारीले पनि गर्न सक्ने हुनाले कृषि पर्यटनमा लगानी बुझाउन सुझाव दिनुभएको छ । 

कुसुम बहुउद्देश्यीय सहकारी पाल्पाको दोस्रो वार्षिक साधारणसभामा आज उहाँले सो कुरा बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ विचार, सिद्धान्त र विधि सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । पाल्पा, गुल्मी र रुपन्देहीका सदस्यहरु मिलेर स्थापना भएको कुसुम सहकारीले यहाँको पर्यटन कृषि पर्यटनमा लगानी बढाउँदै पर्यटक भित्र्याउन सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो । अझै पनि ठुलो उद्योग खोल्न नसक्नु, लगानी बढाउन नसक्ने हो भने यहाँका युवाहरूलाई रोजगारी प्रदान गर्न नसकिने उहाँको भनाइ छ ।  

यस्तै, कुसुम बहुउद्देश्यीय सहकारिका अध्यक्ष सुरेश ढकालले ‘लगानी कुसुमको आम्दानी मेरो’ भन्ने नारासहित स्थापना भएको कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा दुई करोड ४१ लाख ८४ हजार आठ सय एघार शेयरपुँजी रहेको बताउनुभयो । ढकालले सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुरुप समाजमा रहेको पुँजी प्रविधि ज्ञान सीप र श्रमलाई सहकारीले एकीकृत गर्दै अगाडि बढाएको जानकारी दिनुभयो । ढकालका अनुसार ४३ जना युवाहरुले २१ लाख ५० हजार पुँजीबाट कुसुम सहकारीको स्थापना भएको थियो । अहिले करिब ११ सय शेयर सदस्य छन् ।