• १३ साउन २०८१, आइतबार

एक्काइस प्रतिशत गर्भवती उन्नाइस वर्षमुनिका

blog

नवीन सुवेदी

सुर्खेत,पुस १९ गते । कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ । कर्णालीमा नेपालमै सबैभन्दा बढी १९ वर्षमुनिका गर्भवती हुने गरेको पाइएको हो । कर्णालीमा १९ वर्षमुनिका बालिका २१ प्रतिशत गर्भवती हुने गरेको २०२२ भएको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले देखाएको हो ।

स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गरेका छन् ।  

यस्तै बाल विवाह सबैभन्दा बढी दलित समुदायमा हुने गरेको गरेको छ । जसमा बादी समुदायमा बढी बाल विवाह हुने गरेको छ । दलितपछि बाहुन, क्षेत्री र जनजातिमा बढी बाल विवाह हुने गरेको बाल अधिकारका क्षेत्रमा खटिनुभएका अधिकारकर्मी चेतन गिरीले जानकारी दिनुभयो । प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रम नल्याउँदा बाल विवाहको अवस्था झन् भयानक रूप लिइरहेको अधिकारकर्मी गिरीले बताउनुभयो । बाल विवाहविरुद्ध साझा अभियान सञ्जालले आयोजना गरेको कार्यक्रममा कर्णालीमा बाल विवाहको अवस्था दयनीय रहेको छ । 

बाल विवाह नरोकिनुको प्रमुख कारण सरकारी निकायबाट कानुनको प्रभावकारी कार्यान्वयन नगर्नु नै मुख्य कारण रहेको छ । सरकारी निकायले बाल विवाहको उजुरी दर्ता गर्ने, आवश्यक अनुसन्धान गर्ने, अभियोजन गर्ने र दोषीलाई दण्डित गर्ने काम हुन नसक्दा बाल विवाहलाई प्रोत्साहन मिलेको अधिकारकर्मी बताउँछन्। देखासिकी, बालमैत्री वातावरणको कमी, अशिक्षा, सामाजिक सञ्जालको नकारात्मक प्रभावलगायतका कारणले बाल विवाह हुने गरेको पाइएको छ ।

त्यस्तै बाल विवाहपछि बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारिक द्वन्द्व, सम्बन्ध विच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटना देखिन थालेका छन् । कर्णाली प्रदेशमा बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रम ल्याए पनि दुई वर्षदेखि बजेट नहुँदा कार्यक्रम हुन सकिरहेको छैन ।