• १३ असार २०८१, बिहिबार

शीतकालीन ओलम्पिक यूथ टिमलाई केल्मीको साथ

blog

काठमाडौँ, पुस १८ गते । दक्षिण कोरियाको गाङवनमा आयोजना हुने चौथो शीतकालीन ओलम्पिक यूथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोसाक प्रायोजन गरेको छ । 

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमबिच नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोसाक हस्तान्तरण गर्नुभयो । 

शीतकालीन यूथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो र प्रतिस्पर्धा यु–१९ स्तरमा हुनेगर्छ । यसपल्टको प्रतियोगिता जनवरी १९ देखि फेब्रुअरी १ सम्म आयोजना हुनेछ । जसमा नेपालको तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले स्लालम र जायन्ट स्लालम स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ । 

टिमको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई हुनुहुन्छ । नेपाली टिम बिहीबार नै गाङवन प्रस्थान गर्दैछ । प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रम अन्तर्गत १५ दिनको विशेष कार्यक्रम पनि सञ्चालन गरिनेछ । 

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले खेल पोसाक प्रायोजकका लागि केल्मेलाई धन्यवाद दिँदै नेपाली खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि दिनुभयो ।