• १४ असार २०८१, शुक्रबार

राष्ट्रपति पौडेल तनहुँ आउनु हुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

अमरराज नहर्की
तनहुँ, पुस १८ गते । 
राष्ट्रपति रामचन्द्र पौडेल यही पुस २० गते गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्ला आउन लाग्नुभएको हो ।

यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनु भएको थियो ।

जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।