• १२ असोज २०८१, शनिबार

अधिकृतसहित चार कर्मचारी सम्मानित

blog

अधिकृतसहित कर्मचारीलाई सम्मानित गरिदै । तस्विर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, पुस १८ गते । किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारीलाई किरात राईहरूको महान् चाड साकेला उँधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका कर्मचारीलाई सम्मान गरेको हो । 

कार्यक्रममा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईलगायतले आफ्नो पहिरन फेटा लगाई प्रशंसापत्र प्रदान गरी उहाँहरूलाई सम्मानित गर्नुभएको आयोजक संस्थाले जनाएको छ । 

सम्मानित हुनुहुने अधिकृत तहका कर्मचारीमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डाक्टर मणिकला राई र डाक्टर समीर राई रहनुभएको छ  । 

धनकुटा नगरपालिकाका नगर प्रमुख तामाङलाई समेत फेटा लगाइ आयोजक संस्थाले सम्मान गरेको किरात राई यायोक्खाका अध्यक्ष राईले जानकारी दिनुभयो । मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले खुसी व्यक्त गर्नुभयो ।