प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस महिना अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । उहाँ अमेरिका सिधै चीनको भ्रमणमा जानु भएको हो ।
ड्राइभरले गाडी रोक्यो । अघिल्लो सिटमा बसेको म ढोका खोलेर सानसँग ओर्लेँ । ओर्लनेबित्तिकै तुरुन्तै हिँडिहालिनँ । कालो रेबन अनुहार र आँखामा टम्म मिलेर सजिलो गरी नै बसेको भए पनि फ्रेम समातेर मिलाएँँ ।
यो के आएछ ? अहँ... मैले ल्याउन खोजेको मैले ल्याउन सोचेको
पृथ्वीमा प्राणीको उत्पत्ति भएको विभिन्न विद्वान्को बेग्ला बेग्लै मत छ । कसैले अमिवादेखि मानिससम्मको विकासमा करोडौँ वर्ष लागेको बताएका छन् । अमिवा एक कोषीय जन्तु हो भने मानिस हड्डीसहितको बहुकोषीय जीव हो । पौराणिक शास्त्र अनुसार र आधुनिक सिद्धान्त अनुसार पनि जीव विकासको विषयमा करिब करिब मेल खान्छ । वेदको व्याख्या अनुसार पहिलो जीवको अवतार माछा हो, दोस्रो कछुवा, तेस्रो वराह, चौथो नृसिंह (आधा बाघ आधा मानिस), पाँचौँ वामन, छैटाैँ परशुराम, सातौँ राम,
सडककै कारण सधैँ जनताले सास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ?
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सक्षम र सुधार गर्न निरन्तर पहल गरिरहेको बताउनुभएको छ। प्रधान न्यायाधीश श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउन आफ्नो प्रयास जारी रहेको चर्चा गर्दै आमनागरिकमा न्यायपालिका एउटा आस्थाको केन्द्रका रूपमा स्थापित हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल बार एसोसिएसनको सुर्खेतमा शुक्रबार आयोजित केन्द्रीय साधारण सभामा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर यात्रालाई सहज बनाउने गरी निर्माण गरिने भनिएको केबुलकार सम्भाव्यता अध्ययनमै सीमित भएको छ । कालीकोट सदरमुकाम मान्म–कोडबाडा २.१५७ किलोमिटर लामो दुरीको केबुलकारको अध्ययन गर्न नै १५ वर्ष लागेको थियो । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने उद्देश्यले केबुलकार निर्माण योजना अघि सारिएको थियो ।
पिरतीको सन्देश देऊ उडिजाने चरीलाई साँची राखौँ मुटुभित्र हाम्रो ‘माया जुनीभरीलाई’
नृत्यलाई कला सँगसँगै विज्ञानको रूपमा समेत व्याख्या गरिएको पुस्तक ‘भैरव अल्फा साइन्स’ सार्वजनिक गरिएको छ । उक्त पुस्तक नेपालका प्रथम नृत्य निर्देशक ९१ वर्षीय भैरव बहादुर थापाले लेखेका हुन् ।
एकल महिला सुरक्षा कोषको सेवाप्रवाहमा ढिलाइ भएको एकल महिलाले गुनासो गरेका छन् । आठ करोड रुपियाँ जम्मा भइसकेको यो कोष नीतिगत तहमा बस्नेबाट आफ्नो दायित्व पूरा नहुँदा उपचारको सेवा लिनबाट एकल महिला वञ्चित हुनु परेको उहाँहरूको भनाइ छ ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भन्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ। पहिले २१ दिन लाग्ने पदमार्ग अहिले एक हप्तादेखि १० दिनमा नै पूरा गर्न सकिन्छ। यसको प्रमुख कारण सडक निर्माण हो।
असोज ११ गतेदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा “स्यार्पू, पर्यटन तथा व्यापार महोत्सव” चलिरहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको स्यार्पुतालको छेउमै महोत्सव गरिनुको मुख्य कारण यही “स्यार्पुताल” हो ।
बेनी नगरपालिका–६, बाँसबोटका दुर्गा पौडेलले २६ वर्षपहिला ऋण खोजेर दुई वटा भैँसीबाट थाल्नुभएको पशुपालन व्यवसायमा अहिले एक करोड रुपियाँभन्दा बढी लगानी पुगेको छ। पौडेलले जिल्लामै नमुना किसानको परिचय बनाउनुभएको छ । उहाँ मासिक रूपमा सात लाख रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ । परिश्रमी पौडेल समाजमा प्रेरणाको स्रोत हुनुहुन्छ । पौडेलका गोठमा यतिखेर चार वटा गाई र २६ वटा मुर्रा जातका भैँसी छन्। तीमध्ये २० वटा दुहुना भैँसीबाट उत्पादन भएको दुई सय लिटर दुध पौडेलले दैनिक रूपमा बेनी बजार पु¥याउनुहुन्छ। पौडेलले भैँसीपालनका लागि वरदान पशुपन्छी फार्म स्थापना गर्नुभएको छ । फार्ममा चार जना ज्यालादारी र एक जना दैनिक रूपमा काम गर्ने कामदार राख्नुभएको छ । पौडेलको परिवारका सबै सदस्य फार्ममा काम गर्छन् । क्याम्पस पढ्ने दुई छोरीले पनि दिउँसो र बेलुका बुवालाई सघाउँछन् । भैँसीपालनबाट पौडेल परिवार खुसीका साथै सन्तुष्ट छन् ।
बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ । आरसिएफएम परियोजना अन्तर्गत सञ्चालित बालविवाह न्यूनीकरण भिडियो प्रतियोगितामा सहभागी मत्सरी बालक्लबका छात्रछात्रालाई दुर्गाभगवती गाउँपालिका–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले एक कार्यव्रmमबिच ११ हजार नगद पुरस्कार प्रदान गर्नुभयो ।