• १९ वैशाख २०८१, बुधबार

माया जुनीभरीलाई (कविता)

blog

पिरतीको सन्देश देऊ उडिजाने चरीलाई

साँची राखौँ मुटुभित्र हाम्रो ‘माया जुनीभरीलाई’


परेलीकै दोबाटोलाई किनार बनाई बग्यौ

नानीभित्र बग्ने पानी ऐना बनाई सजियौ

छेउकुना नराखेर जान देऊ उडिजाने चरिलाई

साँची राखौं मुटुभित्र हाम्रो ‘माया जुनीभरीलाई’


पैँचो लिई रङहरू सजाऊँ जिन्दगीको लाली

थाहै नभई तुषारो नि फुल्यो यसपालि

सम्झनाको पिँजडामा नथुन उडिजाने चरीलाई

साँची राखौँ मुटुभित्र हाम्रो ‘माया जुनीभरीलाई’