भागवत पुराणका अनुसार ब्रह्माजीले सृष्टिको परिकल्पना गर्नुभयो । सृष्टि गर्नका निम्ति उहाँले मनु (पुरुष) र सतरूपा (स्त्री) लाई उत्पन्न गर्नुभयो । साथै तिमीहरू जाऊ र जगत्मा सृष्टि गर भनी उहाँहरूलाई भन्नुभयो । सृष्टि गर्नका लागि उहाँहरू भूमि (पृथ्वी) तर्फ लाग्नुभयो तर हिरण्याक्ष नामक दैत्यले भूदेवी (भूमि) लाई समुद्रभित्र लगेर लुकाएर राखेको उहाँहरूले पाउनुभयो । देवताहरूले भूदेवीलाई मुक्त गरेर लैजान नसकोस् भनेर हिरण्याक्षले बिस्टाको घेराभित्र पारेर राखेको पनि उहाँहरूले चाल पाउनुभयो । मनु र सतरूपा यो प्रतिकूल स्थितिमा ब्रह्माजीको शरणमा पुग्नुभयो र यथास्थितिको जानकारी गराउनुभयो । तब ब्रह्माजीले सोच्नुभ
नकारात्मक कुराहरू जस्तो कि भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, चुक्ली, अहङ्कार, आग्रह, द्वेष, असत्य आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निराशा, लाचारी, दुःख, असफलता, रुग्णता, दरिद्रता, थकावट, असन्तोष आदि बाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ अनि सदा दुःखी बनाइदिन्छ ।
नेपाल सदैव विकासको छटपटीमा नै रहँदै आएको छ । राजनीतिक परिवर्तन हासिल गरे पनि आर्थिक विकासले सही मार्ग फेला पार्न सकिरहेको छैन । झन् यतिखेरको आर्थिक मन्दीले आर्थिक वृद्धि सुस्त भएको छ भने रोजगारी अवरुद्ध बनेको छ । हालैको कृषि जनगणनाले अझै पनि ६२ प्रतिशत जनता कृषिमा आधारित रहेको देखाएको छ भने यसको कुल गार्हस्थ उत्पादनमा योगदान जम्मा २४.६ प्रतिशत मात्र रहेको छ । यसले कृषिको बिगँ्रदो अवस्थाको स्पष्ट सङ्केत गर्छ । तथापि राष्ट्रिय विकासका योजनाहरूमा कृषि विकासबारे चर्चा हुने गरेको छ ।
नयाँ संविधान अनुसार स्थानीय तहमा शक्ति विकेन्द्रित भएर दुई वटा निर्वाचन भइसकेका छन् । स्थानीय तहमार्फत जनताका सेवा, सुविधाहरू घरघरमा पु¥याउने वाचाका साथ स्थानीय तहलाई अधिकारसम्पन्न निकाय बनाइएको छ । तथापि बितेको यो अन्तरालमा जनताले स्थानीय तहबाट निर्वाध सुविधा प्राप्त गरेनन् कि भन्ने कुरा उठ्न थालेको छ । यो अवधिमा देशभरका लगभग धेरै स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतबिना नै सञ्चालनमा छन् । निमित्तले काम चलाइरहेका छन् । कार्यालय प्रमुख लिन सिंहदरबार धाउनुपर्ने बाध्यता जनप्रतिनिधिलाई छ ।
नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न आयोजनाका लागि समयमै बजेट विनियोजन गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क (एडिबी) र विश्व बैङ्कले सहयोग गरेका परियोजनाको प्रगति मूल्याङ्कन तथा प्रमुख मुद्दाहरू सम्बोधन गर्न बसेको संयुक्त त्रिपक्षीय समीक्षा बैठकमा उहाँले विकास परियोजनालाई सही दिशामा अघि बढाउन समन्वय आवश्यक रहेको बताउनुभयो ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरास्थित एकता कृषक समूहले तयार गरेका काम्लो बिक्री नहुँदा व्यवसायी निराश भएका छन् । समूहले तयार गरेका भेडाबाख्राको ऊनबाट निर्मित काम्लोलगायत विभिन्न सामग्री बिक्री नहुँदा व्यवसायी निराश भएका हुन् । पुथाउत्तरगङ्गा गाउँपालिका–११, सेरामा एकता कृषक समूहले भेडाबाख्राको ऊनबाट विभिन्न सामग्री तयार गरिराखेका छन् । यस वडाका अधिकांश किसानले भेडाबाख्रा पालन गर्ने गरेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले विकास ऋणपत्र २०८८ ‘ग’ नामबाट जारी गर्न लागेको आठ वर्ष अवधिको यो ऋणपत्र आगामी सोमबार असोज १४ गते बोलकबोलमार्फत बिक्री गरिने छ भने असोज १५ गते निष्कासन हुने छ ।
भारतका प्रथम राष्ट्रपति ‘डा. राजेन्द्र प्रसादको आत्मकथा’ नेपालीमा अनुवाद गरेर प्रकाशनमा ल्याइएको छ। साहित्यकार एवं अनुवादक श्याम प्रधानद्वारा अनुवादित ‘आत्मकथा डा. राजेन्द्रप्रसाद’ को एक समारोहबिच लोकार्पण गरियो। वासुशशी स्मृति परिषद्का अध्यक्ष एवं वरिष्ठ स्रस्टा गणेश रसिकको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे र वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले सो कृतिको लोकार्पण गर्नुभएको हो। ओरियन्टल पब्लिकेशनद्वारा प्रकाशित सो कृतिमाथि डा. घिमिरे, डा. भट्टराई, साहित्यकार राधेश्याम लेकाली, प्रद्युम्न जोशी, ठाकुर बेलबासे, हरि गौतमलगायतले प्रकाश पार्नुभएको थियो।
राष्ट्रिय लोकसांस्कृतिक सङ्घले स्कुल स्कुलमा पुगेर लोकसङ्गीतको स्थान र महत्वको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ। बालबालिकालाई नेपालका लोकलय तथा ठेट भाषाको बारेमा बुझाउनका लागि यस्तो अभियान थालेको हो। राष्ट्रिय लोकसांस्कृतिक सङ्घका उपाध्यक्ष तथा सङ्गीतकार दीपक शर्माले लोकलय तथा ठेट भाषा संरक्षणका लागि राज्यले कुनै पहल नगरेपछि आफूहरूले यस्तो अभियान थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेक बालबालिकाले नेपालीभन्दा विदेशी गीतहरू गुनगुनाउँछन्। नेपाली गीतसङ्गीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा लोकसङ्गीत स्थान र महत्वको विषयको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो।” यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने नेपालीको पहिचान नै हराउने उहाँको चिन्ता छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ बाट अभिनेता सौगात मल्लको नयाँ अवतार सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेतृ मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा भावमा प्रस्तुत हुनुभएको छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमाले ‘पशुपति प्रसाद’ को मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको हो ।
सरकारले इजरायलमा सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक श्रमिक पठाउन तयारी थालेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा छनोट भएकालाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणमा पठाउनका लागि तयारी थालेको हो । विभागका महानिर्देशक महेश दाहालले पहिलो चरणमा एक हजार १७५ जना श्रमिक लगेको इजरायलले दोस्रो चरणमा पनि त्यति नै सङ्ख्या लैजाने विषयमा सकारात्मक भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ ।