सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । नगरप्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका–२ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यव्रmममा विद्युतीय हाजिरी (ई– हाजिरी) को शुभारम्भ गर्नुभयो ।
कति हैरानीपछि बल्ल हामी रुप्से झरना समक्ष उपस्थित थियौँ । झरनासँग साक्षात्कार हुँदा भिज्नुको के दुःख ? हिलोमा जाक्किनुको के चिन्ता ? पानीमै चोबलिनुको के सास्ती ? थिएन केही पर्वाह । भएन कुनै कष्ट । ढुङ्गामा बजारिँदा पनि दुखेन । पानीमा भिजिँदा पनि चिसो लागेन । मनको इच्छा पूरा भएपछि के हैरानी, के सास्ती ! मन रमाएपछि अनुहारमा खुसीका मुस्कान स्वतः प्रकट हुँदोरहेछ । गाडीमा थचारिएर थिल्थिलो भएको पीडा केही नहुँदो रहेछ । अनेकौँ खाल्डाखुल्डी, कोप्चेरो र भिरको जोखिम नाघेर आइपुग्नुको उपलब्धि यही त थियो । आँखै सामुन्ने सौन्दर्यको सुन्दर तस्बिर ‘रुप्से झरना’ झरिरहेको झरझर । झरनाको दृश्यले हाम्रा भोका आँखालाई ग्वाम्म अँगालो मार्न आउने । पानीका कञ्चन जलकणले गालामा जताततै म्वाइँ खान थाल्ने । सुक्खा अनुहारलाई सिञ्चन गर्दै त्यो मायालु स्पर्श–सुखले बेग्लै आनन्द दिने ।
सजिलो त हार्न सजिलो हुन्छ मलाई सजिलो कुरा केही पनि मन पर्दैन ! मैले सधैँ सधैँ उड्दै गरेको चरा मन पराएको छु बग्ने सहज बाटो सकिए पनि हरेस नखाएर
सम्झी सम्झी कति दिन यहाँ कल्पनामा बिताएँ । ढोका जस्तै ढकढक गरी ढुक्ढुकी ढक्ढकाएँ ।। धर्ती तिम्रै नयनहरूमा आउँछिन् बस्नलाई । राखिद्यौ ए हृदयबिचको कन्दरामा मलाई ।।
सर्लाहीको उत्तरी चुरे भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरियामा पहिलो पटक डिप बोरिङबाट पानी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यव्रmम अन्तर्गत १७८ मिटरको डिप बोरिङ गाडेर डेढ इन्चको पाइपमा पानी निकालिएको हो । घारिबथानमा यसअघि पटक पटक डिप बोरिङ गाडेर भूमिगत पानी निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्नुको प्रमुख कारण धूम्रपानको सेवन भएको बताउनुभयो ।
जीवनभर साथ दिने वाचा गर्यौ पहिले जीवनको दोबाटोमा नै साथ छोड्यौ अहिले । पलपल यो मनले तिम्रो नै साथ खोज्छ यी आँखा पनि हरपल तिमी नै रोज्छ ।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा सिसी क्यामरा जडान गरिएको छ । पाथीभरा दर्शनमा आउने दर्शनार्थीको सुरक्षा तथा भेटी व्यवस्था निगरानीका लागि सिसी क्यामरा जडान गरिएको हो । दर्शनार्थीका सुरक्षा तथा भेटी व्यवस्थापनलाई मजबुत (चुस्त) बनाउने उद्देश्यसहित पाथीभरा क्षेत्रमा सिसी क्यामरा जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा मन्दिर परिसर तथा तीर्थयात्रीको बासस्थान रहने फेदी बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । तीर्थयात्री बस्ने मुख्य बासस्थान रहेको पाथीभरा क्षेत्रको माथिल्लो फेदी र मन्दिर परिसरमा सिसी क्यामरा जडा
नेपाली साहित्यमा विशिष्ठ नाम हो मन्जु काँचुली । उहाँका कविता, कथा, नाटक, लघुकथालगायत दर्जनौँ कृति प्रकाशित छन् । विसं २०१७ देखि कविता लेखनमा सक्रिय काँचुली दर्जनौँ साहित्यिक सङ्घ–संस्थाबाट पुरस्कृत हुनुभएको छ । हालसम्म पनि नेपाली भाषासाहित्यमा आफ्ना अमूल्य क्षण अर्पण गरिरहनु भएको छ । यसैको निरन्तरता हो, उहाँको पछिल्लो लघुकथा कृति ‘काँचुलीका लघुकथा’ । नेपाली साहित्यमा उहाँका कृतिहरू पढ्ने अवसर निरन्तर पाएका छौँ । ‘काँचुलीका लघुकथा’ कृतिले नेपाली लघुकथामा उहाँको गर्विलो उपस्थिति देख्न सकिन्छ । जीवनका अनुभव तथा नेपालको राजनीतिक परिवर्तन र त्यसको परिणाम जनतासम्म पुग्न नसकेका तिता क्षणका साक्षी लेखकका अनुभूति नेपाली साहित्यमा हामीले पढिरहेका छौँ, निरन्तर पढिरहने छौँ ।
बिपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएकाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका विकासको राम्रो सम्भावना भएको स्थानीय तह हो । सात वटा वडा रहेको यो गाउँपालिकाको अध्यक्षमा २०७९ साल वैशाखमा भएको स्थानीय निर्वाचनबाट नेकपा (एमाले) का तर्फबाट शङ्करराज बरा
रोएका कति छन् रुने जति खुसी पारी हँसाउन्न यो खोज्दा हुन् धनमान मुक्ति कतिले केही दिलाउन्न यो । ऐतिहासिक पहिलो उपन्यास ‘रजबन्धकी’ का लेखकद्वय टुकराज–पद्मराज मिश्रले सुरुमै ‘सानो गन्थन’ भनेर पुस्तकका बारेमा यस्तो श्लोक उल्लेख गर्नुभएको छ । अर्थात् यस पुस्तकले रोएकालाई हँसाउँदैन होला र धन, मान र मुक्ति खोज्नेका लागि पनि केही दिन सक्दैन होला तर यस उपन्यासले विसं १८२७ देखि १८३८ तिरको लमजुङ, तनहुँ, पाल्पाको चालचलन र अवस्थाबारे प्रस्ट पार्न खोजेको छ । सामाजिक, आर्थिक र ससाना राज्यबिचको लडाइँबारे पनि जानकारी दिएको छ ।
काठमाडौँको इन्द्रचोकबाट ४०/५० मिटर उत्तरमा किलागल टोल छ । यहीँबाट पुलुकिसी नाच निस्कन्छ । कुनै समय यहाँ जङ्गल र हात्तीसार थियो । किलागललाई नेपाल भाषामा ‘किसिगल’ भनिन्छ । नेपाल भाषामा हात्तीलाई ‘किसी’ र गोठलाई ‘गल’ भनिन्छ । उहिले हात्तीसार रहेको ठाउँ हुनाले ‘किसिगल’ नाउँ रहन गएको हो । यसैबाट अपभ्रंश भई किलागल भनिएको हो । इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न चोक र गल्लीमा जारी नाचहरूमा पुलुकिसी नाच विशेष आकर्षणमध्ये एक हो । इन्द्रजात्राको आठौँ दिन अर्थात् आश्विन कृष्णचतुर्दशीका दिन कुमारीको रथ तान्ने समयमा पुलुकिसी नाच पनि धूमधामसँग प्रदर्शन हुन्छ । बाँसको मान्द्रो, जसलाई नेपाल भाषामा ‘पुलु’ भनिन्छ । यस मान्द्रोबाट बनेको हात्तीको आकृतिभित्र दुई
विश्वभरका नेपालीले ‘गोर्खाली’ शब्दलाई आफ्नो पहिचान ठान्छन् । नेपालीमा ‘गोर्खाली’ र अङ्ग्रेजीमा ‘गोर्खाज’ शब्दले बहादुर, इमानदार, दयालु तथा मेहनतीको परिचय दिन्छ । गोर्खा शब्द विश्वका दूरदराजमा ब्रान्डका रूपमा स्थापित छ । इतिहास खोतल्ने हो भने सन् १८१६ मा नेपाल–अङ्गे्रज युद्ध अन्त्य भएपछि नेपाली ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेको र त्यस क्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेको प्रसङ्ग जोडिन्छ । सन् १८१४ देखि नै लाहोर सहरमा गोर्खा भर्ती सुरु भएपछि लाहुरे शब्द प्रचलनमा आएको इतिहास पढ्न पाइन्छ ।
कुनै पनि कुराको जबसम्म पूर्ण जानकारी प्राप्त हुँदैन, त्यस कुराको पछि लाग्दा चाहेको उपलब्धि प्राप्त गर्न सकिन्न । योगमा पनि यो नियम लागु हुन्छ । त्यसैले मनलाग्दो किसिमले योग गर्नु हुन्न । जबसम्म ‘आत्मा’ चिन्न सकिन्न, योगासन र प्राणायाम नगरेकै राम्रो । व्यवस्थित किसिमबाट सास लिने, खानपिन गर्ने, उठबस गर्ने, सुत्ने र यस संसारको पूर्ण आनन्द लिने क्षमताको विकास गरेपछि मात्र योग सिक्नु पर्छ । संसारका सम्पूर्ण व्यायाम पद्धति पसिनै पसिनाले निथु्रक्क भिजाउने सीमासम्म श्रमको माग गर्दछ तर योगासनले भने श्रम र विश्रामला
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर अहिले छेन्दुबाट नेपाल फर्किनु भएको छ।