• १० मंसिर २०८१, सोमबार

साथ छोड्यौ अहिले (कविता)

blog

जीवनभर साथ दिने वाचा गर्‍यौ पहिले 

जीवनको दोबाटोमा नै साथ छोड्यौ अहिले ।

 

पलपल यो मनले तिम्रो नै साथ खोज्छ 

यी आँखा पनि हरपल तिमी नै रोज्छ ।

   

सुख, दुःख, हाँसो, आँसु सबै बाँड्ने भन्थ्यौ

मिलनका पलहरू औँला भाच्दै गन्थ्यौ ।


तिम्रै लागि मैले घरबार त्यागे आमाबाबु  

मायाको नाममा तिमीले देखायौ धेरै जादु । 


जीवनभर साथ दिने वाचा गर्‍यौ पहिले 

जीवनको दोबाटोमा नै साथ छाड्यौ अहिले ।