पर्वतलाई पर्यटकीय गन्तव्य भनेर चिनाउने अग्ला झोलुङ्गे पुलको मर्मत हुन नसक्दा पैदलयात्रीलाई मर्का परेको छ । आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बन्दैगरेका यहाँका झोलुङ्गे पुलहरूको समयमा मर्मत गर्न भने ध्यान गएको देखिँदैन ।
यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् ।
अस्पतालमा बिरामीहरूको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ ।
नयाँ दिल्लीमा रहेको अफगान दूतावास आज (शनिबार)देखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउनुभएको छ ।
मान्म कोडबाडा केबुलकार सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले उडानको तालिका परिवर्तन गरेको छ । नेपाल वायुसेवा निगमले प्रत्येक हप्ता मङ्गलबार र शुक्रबार उडान गर्दै आएकोमा अब बुधबार र शुक्रबार उडान गर्ने भएको हो ।
अहिले हनुमानढोका क्षेत्र तथा काठमाडौँका भित्री सहर जात्रामय भएको छ । द्वादशीका दिन इन्द्रध्वजात्थोन पश्चात् सुरु भएको जात्रा चतुर्थीबाट रथयात्रा पनि भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
बागलुङको धौलागिरि अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।
कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी असोज १७ गतेबाट चौथो अधिवेशन सुरु हुने जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस महिना अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । उहाँ अमेरिका सिधै चीनको भ्रमणमा जानु भएको हो ।