सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।
विस. २०३७ साल असारमा निर्माण गरिएको बाजुराको कारागार अहिले जीर्ण बन्दैगएको छ । पुरानो डिजाइनमा निर्माण गरिएको सो कारागार बाजुराको लामो समयसम्म मर्मत सम्भार नभएपछि जीर्ण बन्दैगएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोह बीच उद्घाटन गर्नुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागे पनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शनयात्रामा सास्ती भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बहुजातीय समाजमा एकले अर्कालाई बुझ्न नसके नेपालमा दुर्भाग्य हुने बताउनुभएको छ ।
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो ।
वराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट हिजो साँझ १२० किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न चार जना भारतीय नागरिक र दुई जना नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले पाँचथरको फिदिम नगरपालिकाका पार्टी सभापति प्रकाश गुरुङलाई अनुशासनको कारवाही गरेको छ । भ्रामक अडियो सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्बजनिक गरेर पार्टी र नेतृत्वको बदनाम गरको भन्दै गुरुङलाई तीन बर्षका लागि साधारण सदस्य समेत नरहने गरी कांगे्रसको केन्द्रीय अनुशासन समितिले कारवाही गरेको हो ।
हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ ।
मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए ।
संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताउनुभएको छ ।