दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको नाँगाउँमा सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत् सेवा पु¥याउने भएको हो । नाँगाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ ।
दसैँतिहार, छठलगायत चाडपर्व शान्तिपूर्ण वातावरणमा सुरक्षित ढङ्गले मनाउन तथा सवारी दुर्घटना नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजनाको तयारी गरेको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दसैँतिहार, छठलगायतका चाडपर्वमा शान्ति सुरक्षाका साथै ढुक्कले बनाउने वातावरण निर्माणमा लागि सुरक्षा योजना नै लागु गरिने बताउनुभयो।
नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो ।
कैलालीका केही स्थानीय तहले विद्यालयमा देखिएको राजनीतिक बेथिति अन्त्य गर्न तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोट कार्य सुरु गरेका छन्। बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाले यो कार्य सुरु गरेका हुन्।
रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम गरिएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत असोज ११ गतदेखि
तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।
कृषि गणना–२०७८ अनुसार नेपालमा किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत ६० वर्षमा २५ लाख ७८ हजार कृषक परिवार थपिएर ४१ लाख १८ हजार परिवार कृषिमा आबद्ध छन् । कृषकमा पुरुषको हिस्सा घटेको छ र महिलाको हिस्सा बढेर ३२.४ प्रतिशत पुगेको छ । गत १० वर्षको बिचमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेको छ । पशुपालन मूलतः दुध र मासुका लागि गरिन्छ । पछिल्लो समय व्यावसायिक रूपमा नै गाई भैँसी पालन फ
ज्येष्ठ नागरिक प्रत्येक घरका गहना हुन् । ती देवतुल्य पूजिन योग्य छन् । विश्वमै ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको छ । नेपालमा पनि यो सङ्ख्या बर्सेनि बढ्दो छ । स्वास्थ्य सेवामा भएको सुधार, आमजनताको खानपिन र परिवारको हेरचाहका कारण ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि भएको हो । यसर्थ, यी ज्येष्ठ नागरिकको ओठमा सधैँ मुस्कान रहने गरी हामी सबैले आआफ्नो स्थानबाट विशेष पहल गर्नु पर्छ । केही अध्ययनले ज्येष्ठ नागरिकहरू सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ । यथार्थमा ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएको पाइएको
बाबा अक्षर भनेको के हो ? अनायासै बुनु मेरो छेवैमा आएर सोधी । किन बुनु ? म प्रतिप्रश्न गरेँ । बुनु मेरी छोरी । अहिले आठ कक्षामा पढ्दै छे । सम्बल प्रश्नको असम्बल उत्तर दिन मैले चाहिन । न म आफूले त्यति नदोहोरिएको अफवाहलाई अक्षरहरूको समूहबाट आफ्नो अज्ञानताको मुकुण्डोलाई छोप्न चाहन्छु । म घोत्लिएँ । मेरो मस्तिष्कहरू एक आपसमा ठोक्किए निष्कर्षविहीन बनेर । बाबा, छोरी फेरी चिच्याइ । म नाजवा
चौथो पुलचोक कपको उपाधि रिडर्स पब्लिक हाई स्कुल तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालित जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयलाई ४–० गोलले हराउँदै रिडर्स पब्लिक हाई स्कुलले उपाधि जितेको हो ।
डिजिटल इकोनोमीको अवधारणाले आर्थिक अनियमितता रोक्न, अवैध गतिविधिहरूको न्यूनीकरण गर्नका साथै पारदर्शितालाई बढवा दिने हुँदा मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ । चीनको साताव्यापी औपचारिक भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किसक्नु भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री उतैबाट चीन पुग्नुभएको हो । विश्वका शक्तिशाली मुलुकमध्येको एक तथा नजिकको छिमेकी राष्ट्र चीनमा भएको उच्चस्तरीय भ्रमणलाई महìवका साथ हेरिएको छ । भ्रमण
नेपाली सेना राजनीतिक शासकको बलमा नभई नागरिकको बल र हितमा क्रियाशील सङ्गठन हो । सेनाका लागि प्रेरणाको मुख्य स्रोत भनेकै नागरिकले दिएको पूर्ण साथ, सहयोग र विश्वास हो । जुनसुकै कठिन परिस्थितिमा पनि उसले आफ्नो व्यावसायिक धर्म छाडेको छैन । सैनिक सङ्गठनबाट मुलुक र लोकतन्त्रको अहितमा कुनै पनि काम हुँदैन भन्ने आमविश्वास छ । मुलुक र लोकतन्त्रमाथि खतरा छ भने त्यो राजनीतिक नेतृत्वको कार्यशैली र क्रियाकलापबाट मात्रै छ ।
शुक्रवार बोका खसी बनाए घाउ नपाक्ने र चाँडै निको हुने परम्परागत मान्यता दोलखामा अझै पनि कायम रहेकाले यो दिन धेरै सङ्ख्यामा आउने गरेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको तीनमहिने अभियानमा प्रत्येक जनताको घर घरमा पुग्न निर्देशन दिनुभएको छ। माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यो वा त्यो पार्टी नछुट्याई सबै जनताको घरमा पुग्न अनुरोध गर्नुभयो