सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज सकारात्मक छलफल भएको छ ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक २०८० प्रभातफेरी र सभासहित आज (आइतबार) सुरु भएको छ। त्यसक्रममा बिहान ७ः३० मा दरवारमार्गबाट प्रभादफेरी गर्दै राष्ट्रिय सभागृहमा पुगि सभा गरिएको थियो।
गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । बुटवलबाट पाल्पाको वसन्तपुर जाने केबलकारको सेवा तीन दिनसम्म बन्द रहने व्यवस्थापनले जानकारी दिएको छ ।
पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।
खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिवार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दन सहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिनुभएको छ ।
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।
कस्तो रम्य धरा जता नजर गो, आहा ! छ भन्दो मन मस्र्याङ्दी तटमाथ पुस्तुन यहीँ, सुन्दै गुफा गुञ्जन यै धर्ती रगिँली परीसित बसी, हुर्की यहीँ माधव धर्तीकै वरदान गान त सुनी, पायौ कि वाणी बल ?
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा १४२ जातजातिको बसोबास छ। विभिन्न जातिमध्ये थामी पनि नेपालमा रहेको एक जाति हो । जसलाई सरकारले आदिवासी जनजातिमा सूचीकृत गरेको छ । कतिपय लेखकले थामीलाई किराँत जाति परिवारभित्रको एक उपजाति भनेका छन् तर थामीले भने आफूलाई स्वतन्त्र जातिका रूपमा बुझ्दछन् र आफ्नो छुट्टै पहिचानमा गर्व गर्छन् । थामीहरू आफूलाई किराँती वा सुनुवार होइन ‘थाङ्मी’ भन्न रुचाउँछन्। दोलखा, सिन्धुपाल्चोक, रामेछाप, इलाम जिल्लाका केही क्षेत्रमा बाक्लो बसोबास रहेका थामी नेपालको ७३ जिल्लामै छ तर क्षेत्रगत आधारमा भने उनीहरूको सामाजिक जीवन, सांस्कृतिक रहनसहन तथा पर्व, परम्परामा भिन्नता पाइन्छ ।
फोटो त पर्समै छ अहिले पनि
थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी विजयी हुनुभएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती गरेका थिए ।
भेरी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका ३ डाँडा कोटका ४२ वर्षीय मानबहादुर खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ ।