शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज १४ गते । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । साथै कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का दखि मध्यम वर्षाको सम्भावना छ ।