रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ । सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।
अछाम जिल्लामा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ । ‘रेम्बो फ्यामिली ग्यादरिङ’ अन्तर्गत ४० भन्दा बढी देशका नागरिकहरू रामारोशन पुगेसँगै यस क्षेत्रको चर्चा अझै बढेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । शनिबार रातिबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।
सहप्राध्यापक गोपाल पौडेल ‘वसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।
नेपाल राष्ट्र बैङ्कले आज रु १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज सकारात्मक छलफल भएको छ ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक २०८० प्रभातफेरी र सभासहित आज (आइतबार) सुरु भएको छ। त्यसक्रममा बिहान ७ः३० मा दरवारमार्गबाट प्रभादफेरी गर्दै राष्ट्रिय सभागृहमा पुगि सभा गरिएको थियो।
गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । बुटवलबाट पाल्पाको वसन्तपुर जाने केबलकारको सेवा तीन दिनसम्म बन्द रहने व्यवस्थापनले जानकारी दिएको छ ।
पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।