• ९ जेठ २०८१, बुधबार

चिकित्सकले तीन महिना दुर्गममा सेवा गर्नुपर्ने

blog

प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम ।

तम्घास समाचारदाता

तम्घास, जेठ २५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले सरकारी सेवामा कार्यरत चिकित्सकले कम्तीमा तीन महिना रूपमा दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल गुल्मीबाट आयोजित पत्रकार भेटघाटमा मन्त्री थारूले दुर्गम क्षेत्रमा सेवा गर्न नजानेहरूका लागि कार्यविधि बनाउन लागिएको जानकारी पनि दिनुभयो । 

सहरमा केन्द्रित चिकित्सकले सेवाभन्दा आर्थिक आर्जनलाई बढी प्राथमिकता दिने गरेको चर्चा गर्दै उहाँले यो विषय प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । 

प्रदेश सरकारको बजेटमा शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकताका साथ समेटिएको जानकारी दिँदै उहाँले आयातलाई प्रतिस्थापन गरी निर्यातलाई बढवा दिने बताउनुभयो । 

कृषि उत्पादन, व्यापार व्यवसाय, पशुपालन र पर्यटन क्षेत्रको विकासले मुलुकलाई आत्मनिर्भर बनाउनेछ भन्दै उहाँले सरकारको प्राथमिकता जनताको आर्थिक अवस्था उकास्ने नै हो । 

यसैबीच मन्त्री थारूले गुल्मी अस्पतालको निर्माणाधीन भवन निरीक्षण गर्नुभएको छ । अस्पतालमा चिकित्सकको अभाव हुन नदिन प्रदेश सरकारको तर्फबाट जनशक्ति व्यवस्था तथा पदपूर्ति गरिने बताउनुभयो । सो अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ५९ जनाको दरबन्दी भए पनि २१ जना मात्र रहेका छन् । जसले गर्दा स्वास्थ्योपचार सेवा प्रभावकारी हुन सकेको छैन ।