• ८ जेठ २०८१, मङ्गलबार

स्वास्थ्य शिविर सञ्चालन

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ २५ गते । जाजरकोटको शिवालय गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा २५० जनाले स्वाथ्य परीक्षण गराएका छन् । 

आयुर्वेद शिविरमा महिला १११ र पुरुष १३४ जना गरी कुल २४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । आयुर्वेदिक औषधि, योगका बारेमा जानकारी दिन स्वास्थ्य शिविर आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा योग अभ्यास र औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख नरेन्द्र कठायतले बताउनुभयो  । 

शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले मानव स्वास्थ्यमा लाग्ने रोग निर्मूल गर्ने, शरीरलाई फाइदा पुग्ने, रोग व्यवस्थापनमा आयुर्वेद चिकित्सा पद्धतिको महŒवपूर्ण भूमिका भएकाले प्राकृतिक रूपमा पाइने जडीबुटीको सदुपयोग गरी औषधि उपचार गर्न सकिने बताउनुभयो ।

शिविरमा अल्सर, सुगर, हाडजोर्नी, नसा, छाला, स्त्रीरोग, बाथ, खाना नपच्ने, खोकी, श्वासप्रश्वाससम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधि वितरणसमेत गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका डा. धनवीर बुढाले बताउनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत विशेषज्ञ डाक्टरको टोलीले बिरामी परीक्षण गर्नुका साथै परामर्श दिएको थियो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायाण तिवारी, आयुर्वेद चिकित्सक डा. दीपेन्द्र रानाभाट, आयुर्वेद औषधालय सुर्खेतका चिकित्सक डा. विनीता तिवारी, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका चिकित्सक पुष्पा आचार्यले स्वास्थ्य परीक्षण र औषधि वितरण गर्नुका साथै आयुर्वेद स्वास्थ्यका बारेमा जानकारी दिनुभएको थियो ।