दोलखामा प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ ।
चाडबाड नजिकिने क्रमसँगै रौतहटमा तरकारीको भाउ आकासिएको छ । हिन्दु नारीको महान् चाड तीजदेखि नै बजारमा तरकारीको भाउ दोब्बर नै वृद्धि भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ ।
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो ।
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ ।
पर्वतको कुश्मा नगरपालिकामा रहेका केही विद्यालयले आइटी ल्याब र पुस्तकालय स्थापना गर्न भनी बजेट आउँदा समेत आवश्यक शैक्षिक सामग्री खरिद नगरेको पाएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका (घर बिर्सेका) ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ ।
बाँकेमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षमा विनियोजन भएको योजना कार्यान्वयनका लागि चासो लिनुभएको छ ।
सधैँ घरको चुलो चौकोमा व्यस्त रहने चन्द्रवंशी र कविरथ समुदायका स्थानीय महिलाहरू पछिल्लो समय विकास निर्माणको काममा समेत देखिन थालेका छन् ।
मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत यस वर्षको पुरस्कार विवेक ओझाको ‘ऐँठन’ कृतिले पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कुनै पनि व्यक्ति, सङ्घसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने काम नगर्न सम्बन्धितलाई आग्रह गरेको छ ।