गोविन्द शर्मा
बाँके, असोज १४ गते । बाँकेमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षमा विनियोजन भएको योजना कार्यान्वयनका लागि चासो लिनुभएको छ ।
क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य ढकालले सङ्घीय बजेट अन्तर्गत परेका योजनाको तत्काल कार्यान्वयनका लागि कार्यालय प्रमुखसँग छलफल गरेको बताउनुभयो ।
ढकालले योजना कार्यान्वयन भई समयभित्रै गुणस्तरीय काम होस् भन्नेमा आम नागरिकलाई समेत खबरदारीका लागि अनुरोध गर्नुभयो । सांसद खत्रीले भन्नुभयो, ‘योजना पर्नु मात्र ठुलो होइन, कार्यान्वयन सही ढङ्गले होस् भनेर कार्यालय प्रमुख र स्थानीय जनतासँग समन्वय गरेको छु ।’
लुम्बिनी प्रदेश सभा ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीले आइतबार सडक पूर्वाधार कार्यालय र सहरी विकास तथा भवन कार्यालयमा पुगेर आयोजना कार्यान्वयन बारेमा जानकारी लिनुभयो ।
योजना कार्यान्वयनमा कुनै कठिनाइ आएमा जनप्रतिनिधिको रूपमा सहजीकरण गर्न आफू तयार रहेको भन्दै उहाँले समयभित्रै गुणस्तरीय काम सम्पन्न होस् भन्ने चाहना रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो, ‘योजना परे पनि विभिन्न कारणले समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुनेखालका समस्या नहोस् भनेर स्थानीय बासिन्दाले पनि सजग भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिन्छ ।’