सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वयन हुन सकेको छैन। २०७५ असोज १२ गते प्रदेश सभाको दुई तिहाइ बहुमतले कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा स्थायी राजधानी तय गरेको थियो। सदनको बहुमतले तय गरेको राजधानी भने कागजमा मात्रै सीमित छ। तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको
विभिन्न दिवस होस् या अभियान तथा नयाँ कामको थालनी गर्दा वीरेन्द्रनगरमा वृक्षरोपण गर्ने होडबाजी नै चल्ने गरेको छ। सरकारी कार्यालय, बैङ्क, विभिन्न सङ्घ संस्था, समूहले सडक छेउछाउ र खुला चौरमा विभिन्न समयमा विभिन्न प्रजातिका बिरुवा रोप्ने गरेका छन्। यसरी रोपिएका बिरुवाको अवस्थाबारे भने सबै अनभिज्ञ छन्। बिरुवा रोपेपछि कोही कसैले चासो नदिँदा यस्तो समस्या आएको हो। व्यक्ति, समूह, सङ्घ संस्थाले सार्वजनिक, सरकारी तथा निजी जग्गामा रोपेका बिरुवा केही समयपछि हराउने गरेका छन्।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
मस्यौदाका रूपमा रहेको पशु कल्याण ऐन चाँडै कार्यान्वयनमा ल्याउन जोड दिँदै सरोकारवालाले पशुलाई रक्षा र उसको कल्याणका लागि कडा कानुन बनाउने कुरामा जोड दिएका छन् । विश्व पशुपन्छी दिवस २०८० का अवसरमा ‘स्नेहा केयर’ र ‘नेपाल फार्मिङ एडभाइजरी काउन्सिल’ को सहयोगमा पशु सेवा विभागले आइतबार आयोजना गरेको ‘पशु कल्याण तथा पशु ढुवानी मापदण्ड कार्यान्वयनको अवस्था’ विषय अन्तव्रिर्mया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका छन् ।
ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको हो । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडलाई बिमा प्राधिकरणले हुम्ला जिल्लामा जीवन बिमा जागरण अभियान सञ्चालन गर्ने जिम्मा दिएको उक्त कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताउनुभयो । उहाँले प्राधिकरणले दिएको जिम्मा अनुसार कम्पनीले महिनाको कम्तीमा एक पटक गाउँ गाउँमा पुगेर ग्रामीणस्तरमा जागरण अभियान सञ्चालन कार्य सुरु गरेको बताउनुभयो । यस क्रममा उक्त कम्पनीले पहिलो पटक खार्पुनाथ गाउँपालिकामा यो अभियान सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ ।
पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा र कोषका विसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। तत्कालीन सदस्यसचिव ढकालसहित तीन जनाले एक करोड १७ लाख एक हजार ७२१ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। जलहरी राख्ने क्रममा उनीहरूले १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम अनियमितता गरेको अख्तियारको ठहर छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ । नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार आयोजना गरेको कांग्रेस रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ । वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ १५ सम्म आंशिक सञ्चालनमा थियो तर अहिले पूर्ण रूपमा सञ्चालनमा आएको सो नाकामा बिस्तारै चहलपहल र कारोबारको गति बढ्न थालेको छ ।
चलचित्र ‘बालापन’ को प्रिमियर गरिएको छ । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा चलचित्रको प्रिमियर गरिएको हो । कार्यक्रममा मन्त्री किरातीले चलचित्रले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि चलचित्र मेरुदण्ड रहेकाले यसको विकासमा सरकारको चासो रहिरहेको जनाउनुभयो । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रले जस्तो सुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औँल्याउनुभयो । “चलचित्रलाई शुभकामनाले मात्र हुँदैन । त्यसभित्र चाहिने हरेक कुरा हुनु पर्छ । चलचित्र क्षेत्रमा नयाँ मान्छे आएनन् भने यो चलायमान हुँदैन,” उहाँले भन्नुभयो ।
विवाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड –२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्वारा राजधानीको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वल्र्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो ।
नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।
नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गीतकार युवराज भण्डारीको देशभक्ति गीत हालै सार्वजनिक गरिएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको थियो ।
प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम सञ्चालन गर्ने भएको छ ।