सुन्दा पनि उल्टो लाग्न सक्छ, पत्याउन झन् मुस्किल तर पत्याउनै पर्छ, यो कथा नभई व्यथा हो। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका वडा नं. ६ र ७ जोड्ने दुधखोलाको मोटरेबल पुलको व्यथा। जहाँ वर्षा सकिन्छ त्यसपछि तिल्चेवासी मिलेर पुल बनाउँछन्। अनि हिउँद लागेपछि सबै गाउँले मिलेर ‘झारा’ उठाएर पुल हाल्छन् ।
कृषि व्यवसायलाई थप टेवा पु-याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा निर्माण भएकोे मिनी कोल्ड स्टोर (बाली विशेष भण्डार गृह) तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
क्यान्सर रोग विशेषज्ञहरूले क्यान्सर लाग्न नदिन जीवनशैलीमा परिवर्तन गर्न सुझाव दिएका छन् । क्यान्सर प्राणघातक रोग भएको र यसका बिरामी सजिलै ठिक नहुने भएकाले खानपान, सचेतना र आफ्ना आनीबानीमा विशेष ध्यान दिनुपर्नेमा उहाँहरूको जोड छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहकार्यमा पत्रकार तथा समुदायका अगुवालाई लक्षित गरी भैरहवामा आयोजित सचेतना कार्यक्रममा विज्ञहरूले संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता नलागे पनि उपचारपछि जीवनलाई सहज गर्दै लैजान भने सकिने जानकारी दिनुभयो।
गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् ।
नेकपा (माओवादी केन्द्र) ले देशैभर तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको छ। भदौ १६ देखि लुम्बिनी प्रदेशमा पनि यो अभियान जारी छ । अभियानकै क्रममा पार्टीका स्थायी कमिटी सदस्य गणेशमान पुनले माओवादीले जनसम्बन्ध र सम्पर्क बढाउनकै लागि पार्टीले तीनमहिने विशेष रूपान्तरण अभियान चलाएको बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ ।
हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।
नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ ।
रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र उत्तर छिमेकी चीनको भ्रमण सम्पन्न गरी स्वदेश फर्केर घरेलु समस्या सम्बोधनमा लाग्नुभएको छ । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिने सिलसिलामा उहाँले विश्व नेताहरूसँग गर्नुभएको भेटवार्ता, बैठकहरूलाई सम्बोधन अनि सोझै चीनमा पुगेर त्यहाँ भएका उच्चस्तरीय भेटवार्ता, दुईपक्षीय समझदारी र अन्य कार्यक्रमको कूटनीतिक सार हो– फलदायी भ्रमण र यसले नेपालको कूटनीतिक क्षेत्रमा नयाँ इँटा थपेको निष्कर्ष । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले अति कम विकसित मुलुकहरूले भोगिरहेका सङ्कटहरू सम्बोधन गरी उन्नतितर्फ लम्कन अन्तर्राष्ट्रिय स
गुठी व्यवस्थाको इतिहास हेर्दा नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरको स्थापना, निर्माण र सञ्चालन र व्यवस्थापनमा राज्य र निजी स्तरबाट समेत महत्वपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायत धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ्चालन र व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्य राखी चल अचल सम्पत्तिको जोहो गरी गुठी खडा गर्ने प्रचलनको सुरुवात लिच्छविकालदेखि हुँदै आएको पाइन्छ ।
गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएका छन् ।
विद्यमान सबै प्रकारका विभेदको अन्त्य र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प नेपालको संविधानमा गरिएको छ । समानता र सामाजिक न्यायको हकलगायत विभिन्न नागरिक, राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायका विपन्न नागरिकको संरक्षण, सश
बहुलता, आर्थिक स्वायत्तता, बृहत् क्षेत्राधिकार र यसको प्रभावकारिताको सुनिश्चितता हुने गरी पेरिस सिद्धान्तको आधारमा संसारभर विभिन्न देशमा मानव अधिकार संस्था स्थापना गर्ने अभ्यास प्रचलनमा छ । नेपालमा मानव अधिकार आयोग ऐन, २०५३ जारी भए पनि तत्कालै आयोग गठन हुन सकेन । निरन्तरको नागरिक अभियान तथा दबाब, सर्वोच्च अदालतको आदेशलगायतको करिब चार वर्षको लामो प्रयासपछि २०५७ साल जेठ १३ गते विधिवत रूपमा राष्ट्रिय मानव अधिकार आयोग जन्मिन पुग्यो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वितरण गरेको बिग्रेको खाद्यान्न (चामल) फिर्ता लिएको छ । कम्पनीले सो खाद्यान्न फिर्ता लिएर नयाँ चामल उपलब्ध गराएको छ । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले अनुदानमा वितरण गरिएको चामल अनुगमनका क्रममा पानीमा भिजेको अवस्थामा फेला परेको बताउनुभयो । खाद्यको सिमकोट शाखाका कर्मचारीका साथै उहाँको टोली खाद्यान्नको अवस्था बुझ्न हिल्सासम्म पुगेको थियो । उहाँले स्थानीयको घर घरमा पुगेर बिग्रेको खाद्यान्नबारे जानकारी लिएको बताउनुभयो ।