अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बिचमा थप विश्वासको वातावरण सिर्जना भएको बताउनुभएको छ ।
बागमती प्रदेश सभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकमा संस्कृति, पर्यटन र सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङका ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो ।
पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रूपमा फोहोर फाल्नका लागि डस्टबिन राख्नुपर्ने भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा पालिका भित्रका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरेको छ ।
सिँचाइका लागि मोटर लगाउनेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । रेबिज रोगबाट जोगाउनका लागि घरपालुवा र सामुदायिक छाडा कुकुरलाई खोप दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
नवलपुर प्रहरीले अवैध गिट्टी बालुवासहित १७ वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासीको आरुङखोलास्थित प्रहरी चेक प्वाइन्टबाट राजस्व छलिगरी सामान ढुवानी गर्न लागेको अवस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्युठान जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । विशेषज्ञसहितको डाक्टर र सेवा सुविधा थपिएपछि अस्पताल बिरामीले भरिन थालेको हो ।
स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।