सुजल श्रेष्ठ
प्युठान, असोज १४ गते । सिँचाइका लागि मोटर लगाउनेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
घर नजिकैको कुलोबाट मोटर लगाएर करेसाबारीमा सिँचाइ गर्नेक्रममा करेन्ट लागेको प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिनुभयो । केसीलाई मोटर जडान गर्ने क्रममा दिउँसो २ बजे करेन्ट लागेको थियो ।
उहाँको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।