ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङका ज्येष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिएको छ । आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको हो ।
पूर्वी नवलपरासीमा सञ्चालन हुने सार्वजनिक सवारीमा अनिवार्य रूपमा फोहोर फाल्नका लागि डस्टबिन राख्नुपर्ने भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा पालिका भित्रका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरेको छ ।
सिँचाइका लागि मोटर लगाउनेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा १५ हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । रेबिज रोगबाट जोगाउनका लागि घरपालुवा र सामुदायिक छाडा कुकुरलाई खोप दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
नवलपुर प्रहरीले अवैध गिट्टी बालुवासहित १७ वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासीको आरुङखोलास्थित प्रहरी चेक प्वाइन्टबाट राजस्व छलिगरी सामान ढुवानी गर्न लागेको अवस्थामा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्युठान जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । विशेषज्ञसहितको डाक्टर र सेवा सुविधा थपिएपछि अस्पताल बिरामीले भरिन थालेको हो ।
स्पेनको एउटा नाइट क्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् ।
नेपालकी सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जित्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ ।
पहिले खेतबारी, कुलो, बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका वन्यजन्तु सिकार गर्ने स्थानीय पछिल्लो समय संरक्षणमा जुटेका छन् ।
पोखरा महानगरपालिका–१७ फुस्रेखोलामा किशोरको शव फेला परेको छ । खोलामा अड्किएको अवस्थामा १४ वर्षीय किशोर क्षितिज बस्यालको शव फेला परेको हो ।