• ११ मंसिर २०८१, मङ्गलबार

युवराज भण्डारीको ‘भावनाको देश’

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असोज १४ गते । गीतकार युवराज भण्डारीको देशभक्ति गीत हालै सार्वजनिक गरिएको छ । गायक राजेश पायल राईको स्वर रहेको  ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको थियो । 

भण्डारीको युट्युव च्यानल वाइबी क्रियशनमार्फत बजारमा आएको सो गीतलाई सङ्गीतकार राजेश थापाले सङ्गीतवद्ध गर्नुभएको हो । यस गीतका सङ्गीत संयोजक फणीन्द्र राई हुनुहुन्छ । 

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गर्नुभएको छ । त्यसैगरी ध्वनि सम्पादन किशोर थापाले गर्नुभएको छ । पूजा ठकुरीको निर्देशन, विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा म्यूजिक भिडिओ साङ्ग्रिला क्रियशनले तयार पारेको हो ।

डुम्रिबेसी, तनहुँका भण्डारी हाल क्यानडामा रहनुभएको छ । सानैमा एक गीति कविता सङ्ग्रह प्रकाशित गरेका भण्डारीको ‘भावनाको तस्वीर’ (गजल सङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ ।