गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ ।
चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपानेलगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा–संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको हो । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको सङ्गीत रहेको छ ।