पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा समस्या देखिएको छ। सङ्ग्रहालयका लागि आवश्यक कर्मचारी नभएपछि सङ्ग्रहालयलाई नियमित सञ्चालन गर्न समस्या भएको हो। सङ्ग्रहालयका लागि माली, सरसफाइकर्मी तथा सुरक्षाकर्मी आवश्यक भए पनि यी पदमा दरबन्दी स्वीकृत भएको छैन। लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ मा एक जना अधिकृतसहित छ जनाको दरबन्दी स्वीकृत गरेको छ। स्वीकृत दरबन्दीमा माली, सुरक्षाकर्मी र सरसफाइकर्मीको दरबन्दी छैन। यसले दरबार सङ्ग्रहालय नियमित सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लाइफलाइन मानिने बलेफी–जलबिरे–तेम्बाथान सडक पाँच वर्ष हुँदासमेत पूरा भएको छैन । १८ महिनाभित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नतिको जिम्मा पाएको निर्माण कम्पनीले निर्धारित समयमा काम नसकेपछि स्थानीयले सास्ती भोगिरहेका छन् ।
जिल्लाको दीर्घकालीन विकासका लागि रणनीतिक योजना बनाउन आवश्यक रहेको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको समग्र विकासका लागि स्थानीय तहको भूमिका र दीर्घकालीन रणनीतिक योजनासम्बन्धी समन्वयात्मक बैठकमा सहभागी जनप्रतिनिधिले स्थानीय तह पालिकाभन्दा माथि उठेर जिल्लाको समग्र विकासका लागि साझा एजेन्डामा एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन्।
जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राती १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका–८ कि ८० वर्षकी ख्यामकुमारी थापाले विभिन्न दीर्घ रोगका कारण शारीरिक तथा मानसिक समस्या झेल्दै आउनुभएको थियो । दीर्घ रोग परीक्षण र उपचारले सहज जीवनयापन गर्दै आउनुभएकी थापा अहिले भने समस्यामा पर्नु भएको छ । आफन्तको विश्वासले उहाँलाई आइसियुमा पु¥याएको हो । आफन्तले नै भेस्टिजको फुड सप्लिमेन्ट खाएपछि यस्ता दीर्घ रोग सजिलै हट्ने, उमेर धेरै भए पनि कुनै समस्या नआउने भनेपछि थापा पनि लोभिनुभयो । आफन्तले नै भनेपछि उहाँमा विश्वास पनि पलायो र भेस्टिजको फुड सप्लिमेन्ट किनेर खानुभयो । अहिले समस्या आएपछि भने उहाँको परिवारको बास अस्पतालमा भएको छ ।
भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो ।
अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टै युनिट बनाउने बताउनुभयो। अध्यक्ष शाहले यसका लागि सङ्घीय सरकारको बजेट आइसकेको र प्रदेशबाट समेत यो काममा सहयोग हुने वचन दिएको हुँदा छिट्टै सञ्चालनमा ल्याउनका लागि गृहकार्य भइसकेको बताउनुभयो।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको नाँगाउँमा सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत् सेवा पु¥याउने भएको हो । नाँगाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ ।
दसैँतिहार, छठलगायत चाडपर्व शान्तिपूर्ण वातावरणमा सुरक्षित ढङ्गले मनाउन तथा सवारी दुर्घटना नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजनाको तयारी गरेको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दसैँतिहार, छठलगायतका चाडपर्वमा शान्ति सुरक्षाका साथै ढुक्कले बनाउने वातावरण निर्माणमा लागि सुरक्षा योजना नै लागु गरिने बताउनुभयो।
नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो ।
कैलालीका केही स्थानीय तहले विद्यालयमा देखिएको राजनीतिक बेथिति अन्त्य गर्न तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोट कार्य सुरु गरेका छन्। बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाले यो कार्य सुरु गरेका हुन्।
रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम गरिएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत असोज ११ गतदेखि
तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।
कृषि गणना–२०७८ अनुसार नेपालमा किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत ६० वर्षमा २५ लाख ७८ हजार कृषक परिवार थपिएर ४१ लाख १८ हजार परिवार कृषिमा आबद्ध छन् । कृषकमा पुरुषको हिस्सा घटेको छ र महिलाको हिस्सा बढेर ३२.४ प्रतिशत पुगेको छ । गत १० वर्षको बिचमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेको छ । पशुपालन मूलतः दुध र मासुका लागि गरिन्छ । पछिल्लो समय व्यावसायिक रूपमा नै गाई भैँसी पालन फ
ज्येष्ठ नागरिक प्रत्येक घरका गहना हुन् । ती देवतुल्य पूजिन योग्य छन् । विश्वमै ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको छ । नेपालमा पनि यो सङ्ख्या बर्सेनि बढ्दो छ । स्वास्थ्य सेवामा भएको सुधार, आमजनताको खानपिन र परिवारको हेरचाहका कारण ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि भएको हो । यसर्थ, यी ज्येष्ठ नागरिकको ओठमा सधैँ मुस्कान रहने गरी हामी सबैले आआफ्नो स्थानबाट विशेष पहल गर्नु पर्छ । केही अध्ययनले ज्येष्ठ नागरिकहरू सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ । यथार्थमा ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएको पाइएको