चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयो ।
बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन सकारात्मक छ, नियमित उपलब्ध गरायो भने नेपालबाट दुध खरिद गर्न उनीहरू तयार भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो ।
विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका छन् । करको दरभन्दा दायरा विस्तार गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताको सङ्ख्या बढेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार २०७७ असारसम्म ३३ लाख ३७ हजारले स्थायी लेखा नम्बर लिएकामा २०८० असारसम्म उक्त सङ्ख्या बढेर ५५ लाख ५४ हजार नाघेको छ । यस हिसाबले विगत तीन वर्षमा २२ लाख १६ हजार करदाता थपिएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनका लागि मतदानको अन्तिम तयारी भएको छ । यस अघि शनिवारका लागि निर्धारित मतदान कार्यक्रम आज (आइतबार) बिहान ८ बजेका सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीको कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण भएको छ । साहित्यकार प्राडा अभि सुवेदीले डा. अधिकारीद्वारा लिखित कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण गर्नुभयो । डा. सुवेदीले लेखकले कवितामार्फत कसरी निराशालाई आशामा बदल्न सकिन्छ भनेर प्रष्ट पार्न खोजेको बताउनुभयो । उहाँले मानिस निराश भइरहेको भन्दै यो अवस्थामा डा. अधिकारीले कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिने विषय खोतल्नुभएको बताउनुभयो ।
गायक समीर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै सङ्गीत र राम अविरल विष्टको शब्द रहेको छ । सुरेन्द्र मल्ल ठकुरी (एसएम) को कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बू फिचर्ड हुनुहुन्छ । पूर्वी धनकुटामा छायाङ्कन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन छ ।
नेपालका वरिष्ठ कलाकारहरूको समूहले साइकल संस्कृति प्रवर्धनलाई सहयोग पुर्याउने उद्देश्यले चित्रकला कार्यशालामा सहभागी हुनुभएको छ । साइकल कल्चर कम्युनिटीद्वारा साइकल संस्कृति अभियानका लागि शनिबार राजधानीमा आयोजित चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय, केके (कान्छाकुमार) कर्माचार्य र दीपेन्द्र बनेपालीलगायतका ३२ जना कलाकारले चित्र बनाउनुभएको हो ।
चालु आर्थिक वर्षको दुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
मुलुकभरकै निर्जीवन बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीको व्यवसाय बागमतीमा केन्द्रित रहेको देखिएको हो । हाल देशभर सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले सङ्कलन गरेको बिमा शुल्कमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी बिमा शुल्क सङ्कलन भएको छ भने कर्णाली प्रदेशमा सर्वाधिक कम भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ ।
नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।
संविधानले स्थानीय तहलाई शासकीय अधिकार प्रदान गरे पनि स्थानीय तहले भने शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित सरकारकै हैसियत प्रदान गरेको छ। केही सुगम क्षेत्रका स्थानीय तहबाहेक अधिकांश स्थानीय तहले शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले स्वीकारेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगी ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराउनुभएको हो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले लिएका कतिपय पहलकदमीको जनस्तरबाट सराहना भएको र हाम्रो पार्टीले संस्थागत रूपमा त्यसको समर्थन गर्दै आए पनि कैयन् क्षेत्रमा आवश्यक ध्यान पुग्न नसकेको पत्रमा उल्लेख छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।