• ११ मंसिर २०८१, मङ्गलबार

‘सर्वाइवल नोट’ लोकार्पण

blog

काठमाडौँ, असोज १४ गते । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीको कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण भएको छ । साहित्यकार प्राडा अभि सुवेदीले डा. अधिकारीद्वारा लिखित कवितासङ्ग्रह ‘सर्वाइवल नोट’ को लोकार्पण गर्नुभयो । डा. सुवेदीले लेखकले कवितामार्फत कसरी निराशालाई आशामा बदल्न सकिन्छ भनेर प्रष्ट पार्न खोजेको बताउनुभयो । उहाँले मानिस निराश भइरहेको भन्दै यो अवस्थामा डा. अधिकारीले कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिने विषय खोतल्नुभएको बताउनुभयो । 

कार्यक्रममा समालोचक डा. गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको हृदयको कुरालाई कवितामार्फत प्रस्तुत गरिएको बताउनुभयो । उहाँले निराश जीवनलाई आशामा बदल्न सकिने बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अनन्त वाग्लेले पुस्तकले मानिसलाई सकारात्मक सोच ल्याउन प्रेरित गर्ने बताउनुभयो । उहाँले निराश नभई खुसीमा परिवर्तन गर्न कविताले प्रेरित गर्ने बताउनुभयो । लेखक डा. अधिकारीले आफूले आफ्नो पेसा चिकित्सा भए पनि साहित्यमार्फत आत्महत्या गर्ने व्यक्तिको सुसाइट नोटका विरुद्धमा कलम चलाएको बताउनुभयो ।