• ७ पुस २०८२, सोमबार

‘पलेँटी’ मा आभासको साङ्गीतिक प्रस्तुति

blog

काठमाडौँ, पुस ७ गते । नेपालयको ‘आर’ शालामा हरेक अङ्ग्रेजी महिनाको अन्तिम साता आयोजना हुने ‘पलेँटी’ को आगामी शृङ्खलामा गायक तथा सङ्गीतकार आभासका साङ्गीतिक सिर्जना प्रस्तुत हुने भएका छन् । कार्यक्रमलाई सङ्गीतकार आभासले नै संयोजन गर्दै आउनुभएको छ । उहाँसँग सहगायनमा अभिज्ञा घिमिरेले साथ दिनुहुने छ । 

पलेँटीको शीर्षक ‘सङ्गत र सहकार्य’ राखिएको छ भने यो महिना आभासले धुन भर्नुभएका र गाउनुभएका झन्डै एक दर्जन रचनाकारका शब्द र धुन प्रस्तुत हुने छ । आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेट्नुभएको छ । उहाँले तयार पार्नुभएको सूचीमा सङ्गीतकारहरू अम्बर गुरुङ, भीम विराग र चन्द्र भण्डारी, गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल, बुँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना छन् ।