मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्र्ततको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए ।
संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताउनुभएको छ ।
आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । गृहमन्त्रालयका कर्मचारी विनोद विश्वकर्माका अनुसार आन्दोलत चिकित्सकसँग वार्ताका लागि अहिले तयारी हुँदैछ । केहीबेरमा वार्ता सुरु हुने जानकारी उहाँले दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताउनुभएको छ ।
सरकारी वकिलहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ प्रोजिक्युटरको २८ औँ सम्मेलन लण्डनमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।
पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ ।
पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुनेभएको छ ।
रौतहटको सदरमुकाम गौर नगरपालिका–८ पुरेनवामा रहेको ‘बर्थिङ् सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा यस वर्षबाट कटाइएको हो ।
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका पाँच जनामध्ये दुई जनाले उम्मेदवारि फिर्ता लिएपछि अब तीन जनाबिच अध्यक्षमा प्रतिस्पर्धा हुनेभएको छ ।
सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोटबाट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ ।