काठमाडौं, असोज १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै सचिव भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको कानुनले वैदेशिक रोजगारीमा जानका लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताउनुभयो ।
सचिव भण्डारीले कानुनी व्यवस्था भए पनि नेपालबाट वैदेशीक रोजगारीमा जानेहरु मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको जानकारी दिनुभयो । उहाँले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे तीन लाख नेपालीमध्ये ९२ प्रतिशत तालिम बिना गएको उल्लेख गर्नुभयो ।
सचिव भण्डारीले तालिम र सिपको सर्टिपिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिपिकेट बोकेर विदेश जाने गरेको बताउनुभयो । उहाँले सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालीगढहरुले गर्ने आम्दानीभन्दा पनि कम रहेको बताउनुभयो । उहाँले नेपालमा सीप विकासका लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरुले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।
‘‘नेपालबाट नयाँ कामदार भारत बाहेकका मुलुकमा वैदेशिक रोजगारीमा जानेहरु करिव साढे तीन लाख हुन् । जम्मा गएका सात लाख ७१ हजार हुन् । जसमा नेपालबाट श्रम स्वीकृती लिएर । भिजिट भिषामा गएर काम गर्नेहरु धेरै छन् । नयाँ गएका साढे तीन लाखमध्ये ९२ प्रतिशत श्रमिकहरुसँग कुनै सिपको तालिम छैन । तर मुलुकको कानुनले विदेश जाने कामदारलाई तालिम लिएर मात्रै वैदेशिक रोजगारीमा पठाउनु भन्छ । श्रमिको फाइलमा तालिम विनाको सटिपिकेट छ । अहिले सरकारले डाक्टरका लागि विदेश खुला ग¥यो भने मुलुकमा डाक्टर बस्नेवाला छैनन् । अहिले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले सिप विकास तालिम दिने गरेको छ । तर श्रम बजारमा तालिम दिने मानिसहरु छैनन् ।,’’ सचिव भण्डारीले भन्नुभयो, ‘‘आन्तरिक श्रमबजारमा सिप विकास तालिम भएका श्रमिको माग धेरै छ । नेपालको काम गराई राम्रो छैन । सडक पिच र पुलहरु राम्रो छैन । मानिसहरुमा सिप छैन । नेपालीहरुमा सिप होस पनि कसरी सिप बिना नेपालीहरु विदेशमा जान्छन् । नेपालमा सिप सिकेको मानिसहरु आउँछन् ।’’
उहाँले तालिम दिने सरकारका धेरै संस्था भए पनि श्रम बजारमा तालिम दिने श्रमिकको अभाव रहेको बताउनुभयो । उहाँले आन्तरिक श्रमबजारमा सिप विकास तालिम भएका श्रमिको माग धेरै रहेको बताउनुभयो । उहाँले काठमाडौंमा पल्विङको काम गर्ने भारतको उडिसा प्रदेशका सात हजार पाँच सय मानिसहरु रहेको उल्लेख गर्नुभयो । उहाँले फर्निचर, टायल मार्वल, सुनचाँदीका कालिगडहरु सबै भारतीय रहेको भन्दै भारतीयबाट नेपालमा आएका सुनचाँदीको पसल भित्र बसेर कमाउने आम्दानी सीप भएका नेपालीले गल्फ मुलुकहरुमा कमाएभन्दा बढी रहेको दाबी गर्नुभयो ।
सचिव भण्डारीले नेपालका टेलरिङ तथा गार्मेटहरुमा ८० प्रतिशत श्रमिकहरु भारतीय श्रमिक रहेको बताउनुभयो । उहाँले नेपालको श्रमबजारमा माग ठूलो छ तर नेपाली श्रमिकहरु नेपालमा नभएको जानकारी दिनुभयो । उहाँले नेपाली श्रम बजारमा सिपको अभाव रहेको भन्दै नेपालीहरुले १७८ देशमा काम गरिरहेका बताउनुभयो । उहाँले सिप र क्षमता भएका मानिसहरु १७८ देशमा काम गरेको भए नेपालको रेमिट्यान्स अहिले आएको भन्दा दोब्बर हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले सरकारले तालिम र सीप विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सीप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा, श्रम र तालिम दिने संस्थाहरुको स्वार्थको कारण काम नभएको दाबी गर्नुभयो ।
‘‘काठमाडौंमा पल्विङको काम गर्ने भारतको उडिसा प्रदेशका सात हजार पाँच सय मानिसहरु छन् । आम्दानी हिसाव गरे भन्दा राम्रो छ । फर्निचर,टायल मार्वल, सुनचाँदीका कालिगडहरु सबै भारतीय छन् । भारतीयबाट नेपालमा आएका सुनचाँदीको पसल भित्र बसेर कमाउने आम्दानी सिप भएका नेपालीले गल्फ मुलुकहरुमा कमाए भन्दा बढी छ । टेलरिङमा तथा गार्मेटहरुमा ८० प्रतिशत श्रमिकहरु भारतका छन् । नेपालको श्रमबजारमा माग ठूलो छ तर नेपाली श्रमिकहरु नेपालमा छैनन् । नेपालीहरुले पढ्नु, सिप तथा तालिम चाहिँदैन ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाली भएपछि त्यतिकै हुन्छ भन्नेमा छौं । श्रमिकहरुलाई दिने सिपमुलुक तालिमको जिम्मा शिक्षा र श्रम मन्त्रालयलाई मात्रै दिनुपर्छ । एकेडेमी जति सिटिभिटीलाई दियौं । अन्यबाट दिने तालिम बन्द गरौं । नेपाली श्रम बजारमा सिपको अभाव छ । नेपालीहरुले १७८ देशमा काम गरिरहेका छन् । सिप भएका मानिसहरु भएको भए रेमिट्यान्स अहिले आएको भन्दा दोब्बर हुने थियो । सरकारले तालिम र सिप विकासमा लगानी गर्न आवश्यक छ । सिप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा,श्रम र तालिम दिने संस्थाहरुको स्वार्थको कारण काम भएन । नेपालको मानव श्रमसाधन कमजोर छ ।’’
त्यस्तै, राष्ट्रिय योजना आयोगका सचिव डा.तोयनारायण ज्ञवालीले योजना आयोगले १६ औं योजनाको मस्यौदा तयार गर्दा श्रम बजारका विषयमा फरक रुपमा तयारी रहेको बताउनुभयो । उहाँले राष्ट्रिय योजनाहरु केही फरक ढङ्गले बनाएर मुलुकमा नै रोगगारी वृद्धि गर्ने र सिप विकास गर्ने योजना बनाउने तयारी रहेको जानकारी दिनुभयो । उहाँले नेपाली श्रमबजारमा सिप विकास गर्ने तालिमलाई व्यवस्थित र शिक्षाको कोषमा समेत राख्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम उद्योगी व्यवसायीहरुले नेपाली श्रम बजारमा दक्ष र तालिम प्राप्त श्रमिकको ठूलो अभाव रहेको बताए । उनीहरुले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप तथा तालिमको व्यवस्था गरी नेपालमा नै रोजगारी सिर्जना गर्न पहल गर्नु माग गर्दै दक्ष श्रमिक नहुँदा उद्योगबाट उत्पादन समेत कम हुुँदै गएको बताए । उनीहरुले नेपाली श्रमिकहरु विभिन्न संगठनको नाम आन्दोलन हडताल गर्ने भएकाले विदेशी श्रमको माग बढी भइरहेको बताए ।